काठमाडौं। सञ्चालनको एक दशक पूरा गर्दै हिमालय एअरलाइन्स्ले लामो समयदेखि जारी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) पहल, “Step Towards Education” मार्फत समुदायप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

यसअन्तर्गत हिमालय एअरलाइन्स्ले प्रयास नेपालका बालबालिकाहरूलाई आगामी शैक्षिक वर्षका लागि पुनः एक पटक वर्षभरिका लागी आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गर्दै सहयोगलाई निरन्तरता दिएको छ । हिमालय एअरलाइन्स्ले १७ अप्रिल २०२५ मा विभिन्न कक्षाका पाठ्यपुस्तकहरू, नोटबुक, रजिस्टर, जुत्ता तथा अन्य आवश्यक शैक्षिक सामग्रीहरू हस्तान्तरण गरेको छ ।
बालबालिकाहरूको समग्र स्वास्थ्यको महत्व लाई ध्यानमा राख्दै यस वर्ष हिमालयले उनीहरूको लागि तन्नाहरू र तौलियाहरूसमेत प्रदान गरेको छ । हस्तान्तरण कार्यक्रमको अवसरमा हिमालय एअरलाइन्स्को ब्रान्ड विभाग प्रमुख श्रीमती उज्ज्वला दलीले भनिन्, “विगत आठ वर्षदेखि “Step Towards Education” पहलमार्फत प्रयास नेपालसँग संलग्न हुने अवसर पाउँदै आएकी छु । हरेक वर्ष बालबालिकाहरूलाई आत्मविश्वासी, सक्षम र उज्ज्वल भविष्य बोकेका व्यक्तित्वमा रूपान्तरण हुँदै गरेको हेर्न पाउँदा अत्यन्त खुशी लागेको छ ।
धेरैजसो समाजमा समाहित भइसकेका छन् र स्वतन्त्र रुपमा जीवन यापन गरिरहेका छन् । यस्तो परिवर्तनको साक्षी हुनु साँच्चिकै हृदयस्पर्शी अनुभव हो, हामीले सँगै चालेका हरेक कदमको उद्देश्य र मूल्यलाई यसले अझ पुष्टि गर्दछ ।”

प्रयास नेपालकी अध्यक्ष श्रीमती मणि जोशीले निरन्तर सहयोगको लागि हार्दिक आभार व्यक्त गर्दै भनिन्, “प्रयास नेपालको लागि निरन्तर शक्तिको स्तम्भ भएकोमा हामी हिमालय एअरलाइन्स्प्रति हार्दिक आभारी छौँ । उहाँहरूको योगदान भौतिक सहयोगभन्दा धेरै माथि छ, यसले बालबालिकाको जीवनमा प्रोत्साहन र आशामा निरन्तरता ल्याउँछ ।
हिमालय एअरलाइन्स्लाई १० वर्षको यात्रा पूरा गरेकोमा बधाई छ र हामी आगामी वर्षहरूमा एअरलाइन्स्को निरन्तर सफलताको कामना गर्दछौँ ।” विगत २२ वर्षमा प्रयास नेपालले आफ्ना सशक्तीकरण कार्यक्रमहरूमार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव पारेको छ । प्रयास नेपाल १८ जना उर्जावान् र दृढ बालबालिकाहरूको घर हो जसलाई आत्मविश्वासी, जिम्मेवार व्यक्तिहरूका रूपमा हुर्काइँदैछ र उनीहरूलाई अर्थपूर्ण तरिकाले संस्थाको लक्ष्यलाई सहयोग तथा योगदान गर्न सशक्त तुल्याइँदैछ ।
हिमालय एअरलाइन्स्ले आफ्नो यात्राको एक दशक पूरा गर्दैगर्दा समुदायप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता कम्पनीका मूल्य र सबैलाई समेट्ने तथा सहयोगी समाज निर्माणतर्फको दूरदृष्टिको प्रमाणस्वरूप रहेको छ ।
हिमालय एअरलाइन्स् प्रा.लि.को बारेमा हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स््का मुख्य दुई उद्देश्यहरू हुन् ।
हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हिमालय एअरलाइन्स् ।हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।
एअरलाइन्स्ले साउथ एशियन ट्राभल अवार्डसर् ९क्ब्त्ब्० २०१७ मा आफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मा यसले आफ्ना स्तरीय प्राविधिक व्यवस्थापनका लागि पहिलोपटक आईएसओ ९००१:२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो । विमान मर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्च व्यवस्थापन र क्षमताप्रति उक्तप्रमाणिकरण प्राप्त गरेको हो ।
डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१:२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइन बन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहित यात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवा प्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्त भएको हो ।
सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्च कार्यसम्पादन तथा अभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ । डिसेम्बर २८, २०२३मा, अपरेटरको रूपमा प्रमाणित र क्ष्ब्त्ब् सदस्य एअरलाइन्स्को रूपमा दर्ता भएको हिमालय एअरलाइन्स् नेपालको पहिलो र एकमात्र एअरलाइन्स् हो । सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स््ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स जडान गरेको थियो ।
योसँगै एअरलाइन्स् ९ब्भ्म्क० जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपाली वायुसेवा कम्पनी बनेको छ । हवाइ सुरक्षामा उत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स ९इत्ए० र मुख्यतः आफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स््ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स््को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स््का रूपमा प्रतिस्थापित हुन चाहेको छ ।
सामाग्री श्रोत :
हिमालय एयरलाइन्सद्वारा प्रयास नेपालका बालबालिकाहरूलाई शैक्षिक सामग्रीहरू सहयोग