२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

पुष्करलाल श्रेष्ठको स्मृतिमा नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं- कामना न्यूज पब्लिसन्स् प्रा.लिका संस्थापक तथा वरिष्ठ पत्रकार स्वर्गीय पुष्करलाल श्रेष्ठको छैटौं स्मृतिमा विहीबार नि: शुल्क आँखा शिविरको आयोजना गरिएकाे छ ।कामना न्यूज पब्लिकेसन्स्का प्रा.लि र नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोग र द रोलिङ स्टोन्स् स्कुलको सहकार्यमा काठमाडौंको भीमसेनस्थानमा सो शिविर सञ्चालन गरिएको हो।शिविरको शुभारम्भ गर्दै कामना न्यूज पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले  स्वर्गीय श्रेष्ठको समग्र योगदान, जीवन मूल्यलाई जिवित बनाइराख्न शाखाको अगुवाईमा वर्षभरि विविध गतिविधि भइरहेको बताए। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको पनि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाई रहेको छ ।सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले स्वर्गीय स्मृतिमा आँखा शिविर कार्यक्रम राखेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा हुने यस्ता कार्यक्रममा महासंघले पनि सघाउने प्रतिबद्धता व्यक्त गरिन्। समारोहमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले स्वर्गीय श्रेष्ठले पत्रकारिता क्षेत्रमा देखाउनुभएको बाटोमा हिड्न नेपाली पत्रकारहरु तयार रहेको बताउँदै उहाँको स्मृतिमा भएको आँखा शिविरले उहाँको योगदानलाई सदैव स्मरण राख्ने बताए।नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले स्वर्गीय श्रेष्ठ आधुनिक पत्रकारिताको एउटा धरोहरका रुपमा रहेको उल्लेख गर्दै उनीबाट व्यावसायिक पत्रकारिताको मूल्य र मान्यता सिक्नुपर्नेमा जोड दिए।स्वर्गीय श्रेष्ठ कै सोच, मूल्यमा कामना न्युज प्रकाशन अघि बढीरहेको पनि उनको भनाई थियो।सो अवसरमा प्रतिष्ठानका अध्यक्ष भगवती तिमल्सिनाले मुलुकको राजनीति र राज्यलाई सही ट्रयाकमा ल्याउन पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन्। सञ्चार जगत भनेको सिद्धान्ततः राज्यको प्रतिपक्ष हुनुपर्नेमा स्वर्गीय श्रेष्ठले जीवन पर्यन्त जोड दिएको स्मरण गर्दै अध्यक्ष तिमल्सिनाले सो कुरा अहिलेका पत्रकारहरुले व्यवहारमा आत्मसात गर्दै अघि बढ्नुपर्ने खाँचो औल्याइन्।कामना न्यूज पब्लिसन्स्का सल्लाहकार कपिल काफ्ले स्वर्गीय श्रेष्ठले पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँको बाटो अनुशरण गरेकोमा पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठको प्रशंसा गरे। प्रतिष्ठानका पूर्व अध्यक्ष टंक पन्तले आफूले पत्रकारिता जीवनको दुई दशक समय कामना न्यूज पब्लिकेशनमा बिताएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठले पत्रकारिताको विकासमा पुर्‍याएको योगदान नेपाली पत्रकारिताको सधै प्रेरित रहने बताए।प्रतिष्ठानका पूर्वअध्यक्ष दिपक रिजालले आधुनिक नेपाली पत्रकारितामा स्वर्गीय श्रेष्ठले पुर्‍याएको योगदान चिरस्मरणीय रहने उल्लेख गर्दै उनले देखाएको बाटोलाई हामीले अनुसरण गर्न सके सच्चा श्रद्धाञ्जली अर्पण हुने विश्वास व्यक्त गरे।सो अवसरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डा आरजु लौडारी, नेपाल नेत्रज्योति संघका सदस्य सचिव भरतबहादुर चन्द लगायत शिविरको महत्वबारे केन्द्रीत गर्दै आआफ्नो धारणा राखेका थिए सो शिविरमा कामना न्यूज पब्लिकेसन्स्का परिवार, स्कुल परिवार र समुदायको सहभागिता रहेको थियो। शिविर बिहान १० देखि ४ बजेसम्म सञ्चालन भएको थियो।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट