२०८२ बैशाख १७ बुधबार
२०८२ बैशाख १७ बुधबार

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।

“स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ।” जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ।

शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियो भने उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फका १५ जना बढी घाइते भएका थिए। दर्जनौं पसलहरूमा तोडफोड भएको थियो ।


सामाग्री श्रोत :

वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

छुटाउनुभयो कि ?