२०८२ बैशाख २२ सोमबार
२०८२ बैशाख २२ सोमबार

रास्वपाको महाधिवेशन फागुनमा हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ। 

बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो।

२०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ।

Ncell 2
Ncell 2

२०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गगरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ९ सय ७५ वडा समिति गठन भइसकेको छ भने त्यसमध्ये ७ सय वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। 

shivam cement
shivam cement

७ सय ५३ पालिकामध्ये ४ सय ५८ वटा पालिकामा समिति गठन भइसकेको छ। 

यस्तै ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ। सात वटै प्रदेशमा समिति गठन भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?