२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौँ – नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ।

बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ।

सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन्। 

Ncell 2
Ncell 2

एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन्। उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए।

दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका थिए।

shivam cement
shivam cement

भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा.केसी प्रहरीमा काविल अफिसर भनेर चिनिन्छन्।  शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दाको अभियोजन हुँदा दानबहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट