२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

जेमिनाईको स्क्रिनशेयरिङ सुविधा अब नि:शुल्क, क्यामेराले वस्तु देखाउँदा तत्कालै जानकारी पाइने

काठमाडौं । अब जेमिनाई लाइभमा रहेको स्क्रिनशेयरिङ फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध हुने भएको छ । गुगलले एक्समार्फत बिहीबार एक पोस्ट सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।

केही समयअघि मात्र सार्वजनिक गरिएको यो फिचर सुरुमा पिक्सेल नाइन र सामसङ ग्यालेक्सी एस२५ मा जेमिनाई एप प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि मात्र सीमित थियो । त्यसबेलासम्म यो फिचर प्रयोग गर्न जेमिनाईको एड्भान्स सब्सक्रिप्सन आवश्यक पर्थ्यो । अब भने यो फिचर सबै एन्ड्रोइड प्रयोगकर्ताहरूले निःशुल्क रूपमा प्रयोग गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो सुविधा आजैदेखि क्रमिक रूपमा एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइनेछ ।

यो फिचरमार्फत प्रयोगकर्ताले मोबाइलको क्यामेरा प्रयोग गरेर जेमिनाईसँग लाइभ कुरा गर्न सक्नेछन् । क्यामेरा मार्फत कुनै वस्तुको अगाडि राख्दा जेमिनाईले तुरुन्तै सो वस्तुसम्बन्धी जानकारी प्रदान गर्नेछ । उदाहरणका लागि, यदि तपाईंलाई कुनै वस्तुको बारेमा जानकारी चाहिएको छ भने मोबाइलको क्यामेरा सो वस्तुको अगाडि राख्नुपर्नेछ र जेमिनाईले तत्कालै जानकारी दिनेछ ।

त्यस्तै, स्क्रिनशेयरिङ फिचर अन्तर्गत प्रयोगकर्ताले आफ्नो मोबाइलको स्क्रिन जेमिनाई लाइभसँग शेयर गरेर सोधिएका प्रश्नहरूको जवाफ पाउन सक्नेछन् ।

यसैबीच, माइक्रोसफ्टले पनि आफ्ना प्रयोगकर्ताहरूका लागि ‘कोपाइलट भिजन’ नामक एआई सेवा माइक्रोसफ्ट एज ब्राउजरमार्फत निःशुल्क रूपमा सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ २२:५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट