२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

दन्त चिकित्सकको संख्या अहिले नै बढी रहेको भन्दै बीडीएसको सिट नबढाउन डेन्टल एशोसिएसनको माग

काठमाडौं- दन्त चिकित्सकको संख्या  जनसंख्याको अनुपातमा अहिले नै धेरै रहेको बताउँदै मेडिकल कलेजमा सिट संख्या नबढाउन माग गरिएको छ। चिकित्सा शिक्षा आयोगले निजि मेडिकल तथा डेन्टल कलेजको सिट बढाउने विषयमा समेत कार्यदल गठन गरेकोमा ध्यानाकर्षण भएको नेपाल डेन्टल एशोसिएसनले बताएको छ। भनिएको छ,  ‘नेपाल मेडिकल काउन्सिलको अनुसार हाल नेपालमा आज को मिति सम्म दर्ता ५५०० दन्त चिकित्सक  र ८२० दन्त बिशेसज्ञ रहेको र सो संख्यालाई नेपालको जनसंख्या संग दाँज्दा दन्त चिकित्सक जनसंख्या अनुपात ५५०० पुगेको छ | विश्व स्वास्थ्य संगठन अनुसार उक्त अनुपात ७५०० हुनु पर्नेमा हामी अहिलेको अवस्थामै सो संख्या नाघिसकेका छौं।’प्रत्येक बर्ष ६०० जना दन्त चिकित्सकहरु अहिले पनि उत्पादन हुदै आएको र अब आउने ५ बर्षमा भर्ना भैसकेका बिद्यार्थीहरु उतिर्ण हुदा ३००० दन्तचिकित्सक थपिने र सो अनुसार सन् २०३० सम्म दन्त चिकित्सक को संख्या ८५०० हुने हिसाब निकालिएको छ। नेपालको बार्षिक जनसंख्या बृद्धिदर १.१८ प्रतिशतलाई हेरेर प्रक्षेपण गर्दा सन् २०३० मा नेपालको जनसंख्या र दन्त चिकित्सकको उतपादनको आधार अनुपात ३८०० पुग्ने उल्लेख छ। जुन अहिलेको अवस्था भन्दा पनि नाजुक हुने बताइएको छ। ‘यो संख्या विश्व स्वास्थ्य संगठनले सुझाव दिएको संख्या भन्दा दोब्बर हुन जान्छ | यो आकलनहरु नेपाल डेन्टल एसोसिएसनले  चिकित्सा शिक्षा आयोगलाई नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण २०७९-२०८७ को निर्माणको बेलामा पनि जानकारी गराइएको बताइएको छ। ‘मेडिकल तथा डेन्टल कलेज संचालकहरुको अगाडी  नेपाल सरकार , चिकित्सा शिक्षा आयोग आफैले प्रक्षेपण गरेको आकलनलाइ नजरअन्दाज नगर्न , नझुक्न र  बीडीएसको सिट नबढाउन सुझाव दिन चाहन्छौं।  सुझाव अनुसार कार्यन्वयन नभएमा नेपाल डेन्टल एसोसिएसन  कडा कदम चाल्न बाध्य हुनेछौं,’ महासचिव डा विश्वप्रकाश ठाकुर हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट