२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

नेपालमा प्रतिबन्धबाट जोगिन फेसबुकको टिम सरकारको सम्पर्कमा, एक्सको अत्तोपत्तो छैन

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सञ्चालकहरूलाई सूचीकरणका लागि दिएको समयसीमा समाप्त हुनै लाग्दा फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाका अधिकारीहरू सम्पर्कमा आएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूसँग बिहीबार उनीहरूले भर्चुअल मिटिङ गरेका हुन् । 

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाको टोलीसँग बिहान १०ः४५ देखि करिब एक घण्टा जुममार्फत छलफल भएको थियो । जसमा पब्लिक पोलिसी म्यानेजर रुजान सरवार लगायतको सहभागिता रहेको थियो । “उहाँहरूको पोलिसी टिमबाट चार- पाँच जना हुनु हुन्थ्यो,” प्रवक्ता ठाकुरले टेकपानासँग भने । “कुराकानी सकारात्मक भएपनि माथिल्लो तहसँग बुझेर निर्धारित समयसीमा भित्र जवाफ पठाउने भन्नु भएको छ ।”

मन्त्रालयको तर्फबाट सचिव राधिका अर्याल, सञ्चार मन्त्रीका आईटी विज्ञ शालिकराम पराजुली लगायतको सहभागिता रहेको थियो ।

हालसम्म मन्त्रालयमा टिकटक, भाइबर र विटोक मात्र सूचीकृत भएका छन् । एक्स (ट्वीटर) भने अहिलेसम्म सम्पर्कमै नरहेको प्रवक्ता ठाकुरले सुनाए ।

मन्त्रालयले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको म्याद आउँदो आइतबार सकिँदैछ । 

निर्धारित समयसीमाभित्र सूचीकरण नगराउने सामाजिक सञ्जाललाई नेपालभित्र सञ्चालनमा रोक लगाउने चेतावनी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिँदै आएका छन् । तर त्यस विषयमा अहिले नै भन्न नसकिने जवाफ प्रवक्ता ठाकुरले दिए । 

“सूचीकरणमा नआउने सामाजिक सञ्जालको हकमा के गर्ने भन्ने विषय अहिले नै स्पष्ट भइसकेको छैन,” उनले भने । “मन्त्री स्तरीय वा मन्त्रिपरिषद्‌बाट यस विषयमा कुनै निर्णय नभई हामीले केही भन्नसक्ने अवस्था छैन । माथिबाट निर्णय भएर आएपछि मात्रै हामीले पनि थाहा पाउने हो ।”

फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र एक्स बाहेक अन्य सामाजिक सञ्जालप्रति भने सरकारले खासै ध्यान दिएको छैन । गुगल मूलतः सर्च इन्जिन भएको उल्लेख गर्दै प्रवक्ता ठाकुरले अन्य सामाजिक सञ्जालमा त्यति धेरै प्रयोगकर्ता नरहेको बताए । “प्रयोगकर्ता नै थोरै भएका सामाजिक सञ्जाललाई सूचीकृत हुन आग्रह गर्दा त्यसप्रति उहाँहरूको चासो नै नहुन सक्छ,” उनले भने ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १८:२५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट