२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

जुम्लाको पर्यटकीयस्थल गिडिदहलाई प्रवर्द्धन गरिँदै

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको गिडिदहलाई पर्यटकीयस्थलका रूपमा विकास गरिने भएको छ। तालोपानी गाउँपालिकाले आफ्नो पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत गिडिदहलाई पर्यटकीयस्थलका रूपमा विकास गरी बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाईंले पर्यटकीय हिसाबले सम्भावित स्थानहरूको पहिचान गरी भ्रमण वर्ष कार्यक्रम सफल एवं उपलब्धिमूलक बनाउने कार्यक्रम सफल बनाउन स्थानीयवासीसँग अनुरोध गरे। उनले गिडिदहमा आर्थिक गतिविधिलाई चलायमान बनाउने, संस्कृतिको संरक्षण गर्नेलगायतका कार्यक्रमसहित पर्यावरणीय सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए।

वडा नम्बर ४ का वडाअध्यक्ष अमरबहादुर रोकायाले सरोकार भएका सबै पक्षको सहभागितामा भ्रमण वर्ष कार्यक्रम घोषणा गरिएकाले अपेक्षित लक्ष्य हासिल गर्न सबैको साथ सहयोग आवश्यक हुने धारणा व्यक्त गरे। गिडिदह भ्रमण वर्षमा आउने पर्यटकको सहजताका लागि अहिले पदमार्ग, पुल र धर्मशालालगायतका भौतिक संरचना निर्माणको काम भइरहेको वडाअध्यक्ष रोकायाले जानकारी दिए।

वडा कार्यालयको हाँकु त्रिवेणीदेखि फूलचउल्यासम्मको १३ किलोमिटर बाटोको डिपिआर निर्माण भइसकेको पालिकाले जनाएको छ। गिडिदहको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट संयुक्त रूपमा रु एक करोड ६० लाखभन्दा बढी बजेट विनियोजन भएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए।


सामाग्री श्रोत :

जुम्लाको पर्यटकीयस्थल गिडिदहलाई प्रवर्द्धन गरिँदै

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट