२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

प्याकेज सकिएर वर्ल्डलिंकको इन्टरनेट रोकियो ? यसरी आफैँ थप्नुहोस् ३ दिनको अवधि

काठमाडौँ । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको भुक्तानी म्याद थप गर्ने प्रक्रियामा नयाँ व्यवस्था लागु गरेको छ । ​यसअगाडि कुनै पनि प्रयोगकर्ताको पैसा तिर्ने समयावधि सकिएपछि कम्पनीले स्वतः तीन दिनका लागि इन्टरनेट सेवा विस्तार गर्ने व्यवस्था थियो । अब भने कम्पनीले उक्त नियम परिवर्तन गर्दै प्रयोगकर्ताले आफैँले सेवा अवधि थप गर्ने सुविधा सुरु गरेको छ ।

कम्पनीका अनुसार इन्टरनेटको भुक्तानी म्याद सकिएर सेवा बन्द भएपछि प्रयोगकर्ताले चाहेको खण्डमा ‘माई वर्ल्डलिंक’ एप वा एसएमएसमार्फत तीन दिनका लागि समय थप गर्न सक्नेछन् ।

“यस अघिसम्म कुनै ग्राहकको पैसा तिर्ने अवधि सकिएर सेवा डिसेबल भएको दिन कम्पनीले स्वतः तीन दिन थप गरिदिने गरेको थियो,” कम्पनीका एक प्रतिनिधिले भने, “तर, अब इन्टरनेटको बिल भुक्तानी गर्ने दिन समाप्त भएर इन्टरनेट डिसेबल भएपश्चात् ग्राहक आफैँले कम्पनीको एप तथा एसएमएस मार्फत समय थप गर्न सक्नेछन् ।”

ग्राहकलाई समयमै बिल तिर्न नसक्दा इन्टरनेट बन्द हुने समस्या समाधानका लागि कम्पनीले लामो समयदेखि तीन दिनको एक्सटेन्ड सेवा दिँदै आएको छ । यसरी थपिएको समय प्रयोग गरेपछि भुक्तानी गर्दा त्यो अवधि ग्राहकको नयाँ प्याकेजबाट घटाइनेछ ।

उदाहरणका लागि, तपाईंको इन्टरनेट ४ वैशाखमा सकियो र त्यही दिन तीन दिनको एक्सटेन्ड गर्नुभयो भने सेवा ६ वैशाखसम्म चल्छ । यदि ७ वैशाखमा एक महिनाको बिल तिर्नुभयो भने त्यसपछि २७ दिन अर्थात् जेठ १ गतेसम्म मात्र चल्नेछ ।

कसरी गर्ने त एक्सटेन्ड ?

-एपमार्फत: ‘माई वर्ल्डलिंक’ एप खोलेर Extend Plan मा क्लिक गरी सेवा विस्तार गर्न सकिन्छ ।

-एसएमएसमार्फत: आफ्नो मोबाइलको मेसेज बक्समा गएर WL EXTEND आफ्नो युजरनेम (जस्तै: WL EXTEND Techpana) टाइप गरेर ३५४६५ नम्बरमा पठाउनुहोस् ।

त्यसपछि इन्टरनेट सेवा स्वतः तीन दिनका लागि थप हुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १५:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट