२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

ह्वाइट हाउसका डाक्टर भन्छन् – ट्रम्पको स्वास्थ्य उत्कृष्ट छ

वासिंटन डिसी-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘उत्कृष्ट मानसिक र शारीरिक स्वास्थ्य’ रहेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन्।ट्रम्पको दोस्रो कार्यकालको पहिलो बार्षिक स्वास्थ्य परीक्षण वाशिङ्टन डिसी नजिकको अस्पतालमा गरिएको हो। जाँचका क्रममा चिकित्सकहरूले गएको जुलाई महिनाको हत्या प्रयासपछि उनको दाहिने कानमा देखिएको गोलीको चोटको दाग पनि उल्लेख गरेका छन्।ह्वाइट हाउसका चिकित्सक क्याप्टेन सीन बार्बाबेल्लाले एक विज्ञप्तिमा भने, ‘राष्ट्रपति ट्रम्पको मुटु, फोक्सो, स्नायु प्रणाली र सम्पूर्ण शारीरिक अवस्था राम्रो देखिएको छ।’७८ वर्षीय ट्रम्प जनवरीमा पदभार ग्रहण गर्दा हालसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति बनेका थिए। उनका पूर्ववर्ती जो बाइडेन पदत्याग गर्दा ८२ वर्षका थिए।शुक्रबारको करिब पाँच घण्टे स्वास्थ्य परीक्षण वाल्टर रीड अस्पताल, बेथेस्डा, मेरिल्याण्डमा सम्पन्न भयो। परीक्षणमा रक्त परीक्षण, मुटुको जाँच, अल्ट्रासाउण्ड र मानसिक स्वास्थ्य परीक्षणहरू गरिएका थिए। डा. बार्बाबेला अमेरिकी नौसेनाका आपतकालीन चिकित्सक हुन् जसले इराक र अफगानिस्तानमा सेवा गरेका छन्।उनले भने, ‘राष्ट्रपति ट्रम्प पूर्ण रूपमा मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ र राष्ट्रपतिको जिम्मेवारी वहन गर्न सक्षम हुनुहुन्छ।’मानसिक अवस्थाको जाँचमा ट्रम्पले मस्तिष्कको क्षमता जाँच गर्न प्रयोग गरिने मोन्ट्रियल संज्ञानात्मक मूल्याङ्कनमा ३० मध्ये ३० अंक प्राप्त गरेका थिए। उक्त परीक्षणमा जनावरको नाम भन्ने, घडी बनाउने, र शब्दहरू सम्झने जस्ता कार्य गराइन्छ।ट्रम्पले भने, ‘मैले सबै उत्तर सही दिएको छु।‘ उनले थपे, ‘म आफैंलाई राम्रो अवस्थामा महसुस गरें, राम्रो मुटु, राम्रो आत्मा, एकदमै राम्रो आत्मा।‘चिकित्सकले ट्रम्पको छालामा हल्का सूर्यको असर र केही सामान्य चर्मरोगका दागहरू रहेको बताएका छन्। ट्रम्प हाल कोलेस्ट्रोल नियन्त्रण गर्न रोसुभास्टाटिन र इजेटिमिब नामक औषधी, मुटुको सुरक्षाका लागि एस्पिरिन, र छालाको अवस्थाका लागि मोमेटासोन क्रिम प्रयोग गरिरहेका छन्।मुटुको परीक्षणमा कुनै असामान्यता नदेखिएको चिकित्सकले बताएका छन्।चिकित्सकका अनुसार ट्रम्पलाई पहिलेदेखि नै कोलेस्ट्रोल सम्बन्धी समस्या छ , तर हाल त्यो राम्रोसँग नियन्त्रणमा रहेको छ। उनले अघिल्लो कोरोना संक्रमण, छालाको रोसेसिया समस्या, र एक सौम्य कोलोन पोलिप रहेको पनि उल्लेख गरेका छन्।डाक्टरका अनुसार ट्रम्पको तौल अहिले १०१ केजी छ र उचाइ ६ फिट २.५ इन्च छ। २०१९ मा उनको तौल ११० केजी थियो, अर्थात् उनले केही तौल घटाएका छन्। उनका शारीरिक गतिविधि (विशेष गरी गल्फ खेल्नाले) उनी सक्रिय र स्वस्थ रहन मद्दत गरेको डाक्टरले उल्लेख गरेका छन्।पहिलो कार्यकालमा चिकित्सकले ट्रम्प स्वस्थ भए तापनि तौल घटाउन र व्यायाम गर्न सुझाव दिएका थिए।चुनावी सभाहरूमा ट्रम्पले बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यमाथि बारम्बार प्रश्न उठाउँदै आएका थिए। गत वर्ष ट्रम्प विरुद्धको खराब बहस प्रदर्शन पछि, बाइडेनले ट्रम्पजस्तै मानसिक परीक्षण गराउने प्रतिबद्धता जनाउन मानेका थिएनन्।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट