२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

मदन भण्डारी विश्वविद्यालयका विद्यार्थीको प्लेसमेन्टमा क्यान महासङ्घले सघाउने

काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय र कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) बिच दीर्घकालीन सहकार्य गर्ने सम्झौता भएको छ । आइतबार विश्वविद्यालयका अध्यक्ष प्राडा राजेन्द्रध्वज जोशी र क्यान महासङ्घकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले दीर्घकालीन सहकार्य अन्तर्गत पाँच वर्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

उक्त सम्झौता विश्वविद्यालयलाई डिजिटल प्रविधिसँग सम्बन्धित उद्योगसँग जोड्ने उद्देश्यले गरिएको विश्वविद्यालयका उपप्राध्यापक तथा जनसम्पर्क संयोजक डा. राजिव सुब्बाले बताए । उनका अनुसार विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्लेसमेन्ट (रोजगारी तथा इन्टर्नशिप) का लागि क्यान महासङ्घले सहयोग गर्ने गरी सम्झौता गरिएको छ । यस्तै डिजिटल प्रविधिसँग चासो राख्ने व्यक्तिहरूमाझ विश्वविद्यालयको प्रचार गर्ने सहमति पनि भएको छ ।

यस्तै क्यान महासङ्घका महासचिव चन्द्रविलास भुर्तेलले क्यानको माध्यमबाट जाने विद्यार्थीका लागि विश्वविद्यालयले छात्रवृत्तिमा विशेष प्राथमिकता दिने गरी सम्झौता भएको जानकारी दिए । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्नका लागि यो सम्झौता गरिएको उनको भनाइ छ । उक्त सम्झौता मदन भण्डारी विश्वविद्यालयको आगामी शैक्षिक सत्रबाट नै लागु हुने बताइएको छ । 

आगामी २०२५ मे १६ बाट स्नातकोत्तरमा डिजिटल टेक्नोलोजी अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्सका कार्यक्रम विश्वविद्यालयले सुरु गर्दै छ । उक्त कार्यक्रमका लागि २१ जना विद्यार्थीका लागि कोटा तोकिएको छ । 

दुई वर्षको उक्त कोर्स पूरा गर्न तीन लाख रुपैयाँ शुल्क लाग्छ । तर  विश्वविद्यालयले उक्त शैक्षिक सत्रमा विद्यार्थीहरूलाई कम्तीमा २५% देखि १००% सम्म छुट प्रदान गर्ने जनाएको छ । विश्वविद्यालयमा भर्ना हुन न्यूनतम योग्यता पुगेमा क्यान महासङ्घका तर्फबाट जाने विद्यार्थीलाई छुटमा विशेष प्राथमिकता दिने गरि सम्झौता भएको क्यानका महासचिव भुर्तेलले बताए । 

भर्नाका लागि २३ अप्रिल २०२५ सम्म आवेदनको समय तोकिएको छ । विश्वविद्यालयको छनोट भएका विद्यार्थीको नाम अप्रिल २६ मा प्रकाशित हुनेछ । scholarship.can.org.np मा गएर विद्यार्थीले आवेदन दिनसक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ ८:५१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट