काठमाडौँ – वर्षा भए संगै गएको हप्ताबाट घटेको काठमाडौँको वायु प्रदूषण आज पुनः बढेको छ । वल्ड एयर क्वालिटि इन्डेक्स (एक्यूआई)को बिहान साढे १० बजेको रेकर्ड अनुसार काठमाडौँको आईक्यूएयर १६६ रहेको छ । जुन स्वास्थ्यका हिसाबले एकदमै नराम्रो मानिन्छ ।

आज विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा बंगलादेशको राजधानी ढाका रहेको छ । जहाँको एक्यूआई १७५ रहेको छ । तेस्रोमा सेनेगलको डकार (१५६) रहेका छन् ।
० देखि ५० सम्मको एक्यूआईलाई मात्र स्वास्थ्यका हिसाबले स्वच्छ मानिन्छ । तर आज काठमाडौँमा प्रदूषणको मात्रा तेब्बरले बढेकाले स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् । अत्यावश्यक काम बाहेक घर बाहिर नजान, बाहिर निश्किदा मास्क प्रयोग गर्न सुझाव दिएका छन् । आज काठमाडौँको आकाश बिहानै देखि बादल तथा तुवालोले भरिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ