२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

कस्तो छ, ३८ हजार ९०० पर्ने चिटिक्कको स्मार्टफोन अनर एक्स ९ सी स्मार्ट ? हेर्नुहोस् रिभ्यु

काठमाडौँ । ‘द टफेस्ट स्मार्टफोन’ भनेर चिनिएको अनर एक्स नाइन सीको सस्तो भर्सन हालैमात्र नेपाली बजारमा सार्वजनिक भएको छ । अनर एक्स नाइन सी (Honor X9C) कै अफोर्डेबल संस्करण भएकाले मैले यसलाई ‘भाइ फोन’ भन्न चाहें ।

नेपालमा अनर एक्स ९ सी स्मार्टफोनको मूल्य ३८,९९० रुपैयाँ निर्धारण गरिएको छ । यो फोन किन्नेमध्ये जो कोहीले आठ हजार रुपैयाँ बराबरको अनर चोइस हेडफोन उपहारस्वरूप पाउन सक्नेछन् ।

अब फोन कस्तो छ भन्ने विषयमा कुरा गरौं । मैले फोनको डिजाइन, डिस्प्ले, क्यामेरा, पर्फरमेन्सदेखि ब्याट्रीसम्मका सम्पूर्ण जानकारी यहाँ प्रस्तुत गरेकी छु ।

फोन हेर्दा अनर एक्स ९ सीकै झल्को आउने खालको देखिन्छ । ओसियन सायन ब्लु कलर र टेक्स्चरले यसलाई निकै प्रिमियम लुक्स दिएको छ । ६.८ इन्चको फुल एचडी प्लस डाइनामिक डिमिङ डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र ८५० निट्स पिक ब्राइटनेससहितको डिस्प्ले हलुका कर्भ एज भएको छ । डिस्प्लेको गुणस्तर औसत मान्न सकिन्छ भने तल्लो भागमा थोरै बेजल देखिन्छ ।

क्यामेरातर्फ फोनमा १०८ मेगापिक्सेलको अल्ट्रा क्लियर एआई मेन क्यामेरा, ५ मेगापिक्सेलको वाइड एङ्गल क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । क्यामेरामा अप्टिकल इमेज स्टेबलाइजेसन (OIS) भने छैन । लाइभ फोटो, एआई फोटोग्राफी र हाइलाइट क्याप्चर जस्ता मोडहरू प्रयोग गर्न सकिन्छ ।

फोटोहरू नेचुरल सेटिङमा खिचिन्छन् र मोडरेट इन्ह्यान्समेन्ट पाउन सकिन्छ । आउटडोर फोटोहरू सिधै सामाजिक सञ्जालमा पोस्ट गर्न मिल्ने खालका छन् । इनडोर लाइटिङ राम्रो भएको खण्डमा फोटोहरू प्रस्ट देखिन्छन् भने जुम गर्दा थोरै नोइज देखिन्छ । सेल्फी पोट्रेट आकर्षक देखिन्छन् र बुके इफेक्ट पनि अन/अफ गर्न सकिन्छ ।

फ्रन्ट र ब्याक दुवै क्यामेराबाट १०८० पिक्सेल र ३० एफपीएससम्म भिडिओ खिच्न सकिन्छ । लाइटिङ राम्रो भएको अवस्थामा भिडिओ क्वालिटी राम्रो देखिन्छ, तर स्टेबिलिटी भने नहल्लिने हातले मात्र सम्भव हुन्छ । साथै, क्यामेरामा एआई इरेज फिचरसमेत उपलब्ध छ, जसले अनावश्यक वस्तु सजिलै हटाउन सकिन्छ ।

पर्फरमेन्सको कुरा गर्दा, फोनमा मिडियाटेक डाइमेन्सिटी ७०२५ अल्ट्रा चिपसेट छ, जुन २०२४ मा सार्वजनिक भएको हो । अपरेटिङ सिस्टम एन्ड्रोइड १४ (म्याजिक ओएस ८.०) रहेको छ । यद्यपि, बजारमा एन्ड्रोइड १५ आइसकेकाले भविष्यमा अपडेटको आशा गर्न सकिन्छ । यो चिपसेटले मिडरेन्ज फोनहरूमा राम्रो पर्फरमेन्स दिन्छ । भिडियो स्ट्रिमिङ, वेब ब्राउजिङ, सामाजिक सञ्जाल चलाउने र सामान्य गेमिङका लागि उपयुक्त छ । ब्यालेन्स सेटिङमा डिमान्डिङ गेमसमेत मजाले चल्छ ।

फोनमा ५८०० एमएएच ब्याट्री र ३५ वाटको अनर सुपर चार्जिङ सपोर्ट छ । सामान्य प्रयोगमा डेढ दिनसम्म फोन चल्ने क्षमता राख्छ ।

स्टोरेज र कनेक्टिभिटीमा १२ जीबी र्‍याम र १२ जीबीसम्म भर्चुअल र्‍याम विस्तार गर्न सकिन्छ । २५६ जीबी इन्टर्नल स्टोरेज रहेको यो फोनमा डुअल-ब्यान्ड वाई-फाई, डुअल सिम, ब्लुटुथ, एनएफसी, साइड-माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, पिन, प्याटर्न र पासवर्ड जस्ता सुरक्षाका सुविधा छन् । वाटर तथा ड्रप रेसिस्टेन्स छ तर औपचारिक आईपी रेटिङ भने दिइएको छैन ।

फोनमा म्याजिक क्याप्सुल, म्याजिक पोर्टल जस्ता विशेष फिचर छन्, जसले टेक्स्ट वा कन्टेन्ट सजिलै ड्र्याग गर्न सकिन्छ । थोरै कस्टमाइजेसन अप्सनहरू, जस्तै वालपेपर र थिम परिवर्तन गर्न सकिने सुविधा छ । अल्वेज अन डिस्प्ले, मल्टिटास्किङ सपोर्ट, मल्टी-विन्डो, स्प्लिट स्क्रिन, फ्लोटिङ विन्डो, एज प्यानल, प्यारलल स्पेस, स्मार्ट स्क्रिनशट र स्क्रोलशट सुविधा पनि यसमा उपलब्ध छन् ।

कुल मिलाएर भन्दा अनर एक्स ९ सी आफ्नो मूल्य अनुसार सन्तुलित पर्फरमेन्स र प्रिमियम डिजाइनसहितको अफोर्डेबल स्मार्टफोन हो ।

हेर्नुहोस् भिडिओ रिभ्यु

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ ९:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट