२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

नगर प्रहरीले साइकल चाकलमाथि दुर्व्यवहार गरेको भिडिओ भाइरल बनेपछि पाण्डे भन्छन्ः कारबाही गर्छु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले एक साइकल चालकलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने जनाएको छ । बुधबार बिहान ८ बजे बालुवाटारमा भएको उक्त घटनाको भिडिओमा सामान बोक्ने साइकल चलाइरहेका एक व्यक्तिलाई लछारपछार गरेको देखिन्छ ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले घटनाको छानबिन गरी दोषी नगर प्रहरीलाई कारबाही गर्ने बताएका छन् । पाण्डेका अनुसार बालुवाटार क्षेत्रमा कवाड सङ्कलकहरूले बिहानै घरभित्र पसेर हैरान पारेको भन्ने गुनासो आएपछि नगर प्रहरी परिचालन गरिएको थियो ।

उनले भने, “त्यहाँ तीन/चार जना कवाड व्यवसायीहरू थिए । उनीहरूलाई त्यहाँ नबस्न अनुरोध गरिएको थियो । अरू तीन जना गए, तर भिडिओमा देखिने व्यक्तिले अटेर गरेपछि नगर प्रहरीले उनलाई अर्को क्षेत्रतिर लगाउन खोजेको थियो ।” 

पाण्डेले ती व्यक्तिलाई नियन्त्रणमा लिने नभई अन्यत्र पठाउने क्रममा नगर प्रहरीले अमर्यादित व्यवहार गरेको स्वीकार गरेका छन् । “व्यवसायीलाई नियन्त्रणमा लिने भन्दा पनि अर्को क्षेत्रतिर पठाउन खोज्दा ड्युटीमा खटिएका नगर प्रहरीले अमर्यादित व्यवहार गरे, त्यो व्यवहार मर्यादित भएन, म कारबाही गर्दैछु,” पाण्डेले भने ।

भिडिओ भाइरल भएपछि धेरैले नगर प्रहरीको व्यवहारसँगै मेयर बालेन शाहको समेत आलोचना गरिरहेका छन् र दोषीलाई कारबाही गर्न माग गरेका छन् । 

अपडेट: काठमाडौं महानगरपालिकाका नगर प्रहरीले एक साइकल चालकलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि महानगरले घटनाको छानबिन गरी दोषीलाई कारबाही गरेको छ । साथै सो व्यक्तिको साइकल पनि फिर्ता गरेको जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १४:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट