२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

बीवाईडीले बढायो ईभीको वारेन्टीः अब १० वर्ष वा २ लाख किमिसम्म ‘ढुक्क’, अन्य वारेन्टी पनि थपियो

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन (ईभी) मा विस्तारित वारेन्टी नीति अर्थात् कम्प्रिहेन्सिभ एक्स्टेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ । ईभीको बिक्री पछिको सेवाको क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने अपेक्षा गरिएको छ ।

बीवाईडीका एड्भान्स ईभी प्रविधिमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई अझै बढाउन कम्पनीले नयाँ वारेन्टी उपलब्ध गराउन लागिएको जनाइएको छ । सो वारेन्टी अन्तर्गत विभिन्न कभरेजहरू समावेश छन्  ।

जसअनुसार ब्याट्री वारेन्टी यसअघि ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर रहेकोमा त्यसलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज भएको दाबी गरिएको छ ।

त्यस्तै मोटर वारेन्टी समेत बढाइएको छ । यसअघिको ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पुर्‍याइएको छ । यसले आफ्ना ग्राहकहरूलाई लामो समयसम्म ढुक्क पार्ने कम्पनीको विश्वास छ ।

यति मात्र होइन, होल भेहिकल वारेन्टीको नाममा अन्य पाटपुर्जामा उपलब्ध वारेन्टी पनि बढाइएको छ । जसमा लाइट, टायर प्रेसर मनिटरिङ मोड्युल, सस्पेन्सन र बल ज्वाइन्ट लगायतका कम्पोनेन्टमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पुर्‍याइएको छ ।

यस्तै जनरल भेइकल पार्ट्स वारेन्टी अन्तर्गत अन्य कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटर लगायतका विभिन्न पार्ट्स वाहेकका सबै भेइकल पार्ट्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी पनि बढाइएको छ  । त्यसलाई ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटरमा विस्तार गरिएको छ ।

यो एक्स्टेन्डेड वारेन्टी नीतिले बीवाईडी ईभीको टिकाउपना, राम्रो पर्फमेन्स र विश्वसनीयता प्रतिको बलियो विश्वासलाई झल्काउने कम्पनीले बताएको छ । “ग्राहकलाई एउटा विश्वासको अनुपम भावना र दीर्घकालीन आश्वासन प्रदान गर्ने गरी यसको डिजाइन गरिएको छ, जसले ईभीको अपनत्वलाई एउटा तनाव रहित अनुभव प्रदान गर्नेछ,” कम्पनीले भनेको छ ।   

यो नयाँ अपडेटको वारेमा साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने “हाम्रो यो एक्सटेन्डेड वारेन्टीले बीवाईडीका अत्याधुनिक विद्युतीय सवारी प्रविधिप्रति हाम्रो दृढ विश्वास र हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ । विद्युतीय सवारीतर्फको रूपान्तरण तीव्र गतिमा अगाडि बढिरहेको समयमा यो पहलले हाम्रा ग्राहकहरू माझ दीर्घकालीन विश्वास र निष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौँ ।

अटोमोबाइल उद्योगकै उत्कृष्ट आफ्टर सेल्स सपोर्टका साथ अत्याधुनिक सवारी साधन उपलब्ध गराएर विद्युतीय सवारीको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत साइमेक्सले व्यक्त गरेको छ । नेपालभर रहेका १३ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर तथा बढ्दो सेल्स र चार्जिङ नेटवर्कमार्फत बीवाईडीका ग्राहकले आफ्नो यात्राको क्रममा सपोर्ट प्राप्त गर्न सक्नेछन् । परिमार्जित वारेन्टी नीतिको वारेमा विस्तृत जानकारीका लागि ग्राहकहरूले नजिकैको बीवाईडी शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८२ १६:४२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट