२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

हावार्ड युनिभर्सिटीमाथि ट्रम्पको आक्रोश- यसले घृणा र मुर्खता सिकाउँछ

काठमडौं-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हार्वर्ड विश्वविद्यालयमाथि निशाना साँधेका छन्। ट्रम्पले हार्वर्ड विश्वविद्यालय अब अध्ययनका लागि राम्रो स्थान नरहेको बताएका छन्। आफ्नो ट्रुथ सोशल खातामा ट्रम्पले लेखेका छन्, ‘सबैलाई थाहा छ-  हार्वर्ड विश्वविद्यालय ‘आफ्नो बाटोबाट भट्किएको’ छ।’प्राध्यापकमाथि आक्रोशित हुँदै थपेका छन्- विश्वविद्यालयमा भर्ती गरिने प्राध्यापकहरू ‘मूर्ख’ छन्।ट्रम्पले लेखेका छन्, ‘यसकारण हार्वर्डलाई अब पढाइ-लेखाइको राम्रो स्थान मान्न सकिँदैन, र यसलाई संसारका उत्कृष्ट विश्वविद्यालय वा कलेजहरूको सूचीमा राखिनु हुँदैन।’उनले हार्वर्ड विश्वविद्यालय एउटा मजाक बनेको  बताउँदै आक्रोश पोखे,  ‘यसले घृणा र मूर्खता सिकाउँछ र त्यसैले अब सरकारी कोष पाउनु हुँदैन।’स्मरणीय छ,  हार्वर्ड युनिभर्सिटीले ह्वाइट हाउसबाट पठाइएको मागहरूको सूची लागू गर्न अस्वीकार गरेको थियो।ह्वाइट हाउसले गत हप्ता विश्वविद्यालयको प्रशासन, प्राध्यापक भर्ती र भर्ना प्रक्रियामा परिवर्तन गर्नुपर्ने मागसहितको सूची पठाएको थियो। ह्वाइट हाउसका अनुसार त्यो सूची क्याम्पसभित्रको यहूदी विरोधी सोचसँग लड्न बनाइएको हो।तर हार्वर्ड विश्वविद्यालयले ती मागहरू अस्वीकार गर्दै ह्वाइट हाउस आफूमाथि नियन्त्रण गर्न खोजिरहेको आरोप लगाएको थियो। त्यसपछि ट्रम्प प्रशासनले हार्वर्डलाई दिइँदै आएको दुई अर्ब अमेरिकी डलरको सरकारी कोष रोकेको थियो।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट