२०८२ बैशाख २८ आईतवार
२०८२ बैशाख २८ आईतवार

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, निजी मेडिकल कलेजलाई पीजी सिट बढाएर मनाउने तयारी

काठमाडौं- चिकित्सा शिक्षा आयोगको बैठक बस्दैछ। तोकिएको समय भन्दा केही ढिलोगरी सुरु हुन लागेको बैठकले आवासीय चिकित्सकको समस्या समाधानका लागि उपयुक्त निर्णय लिने बुझिएको छ। आयोगका एक सदस्यका अनुसार यसअघि निर्णय गरिएको ४८ हजार निर्वाह भत्ता कार्यान्वयनका लागि थप निर्णय लिइनेछ। निजी मेडिकल कलेजले उक्त निर्णय कार्यान्वयन गर्न नमानेपछि आवासीय चिकित्सक आन्दोलित छन्। केही दिनदेखि काम छाडेर प्रदर्शनमा उत्रिएका उनीहरुको माग सम्बोधन गर्न आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न निर्देशन दिएको बुझिएको छ। निजी मेडिकल कलेजले पीजीको सिट संख्या बढाइदिएमा उक्त निर्णय कार्यान्वयन गर्न सकिने शर्त राखेका छन्। उनीहरुले एमबीबीएसमा समेत सिट संख्या बढाउनुपर्ने समेत बताउँदै आएका छन्। तत्कालका लागि पीजी सिट संख्या थपेर समस्या समाधान गर्ने पक्षमा प्रधानमन्त्री तथा आयोगका अध्यक्ष ओली रहेको बुझिएको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट