२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

आन्दोलन नरोक्ने शिक्षक महासंघको चेतावनी

काठमाडौं। शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलन नरोकिने भएको छ। सरकारले बैशाख १२ गते संसद बोलाएर शिक्षा बिधेयक पारित गराउने निर्णय लिए पनि शिक्षकहरूको आन्दोलन भने नरोकिने भएको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिए।

‘हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद। आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ,’ उनले भने।

उनले अगाडि भनेको छन्, ‘पहिलो, अब हामी निर्णायक मोडमा आइपुगेका छौं।   हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ। त्यसैले अझ  बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन। दोस्रो, देश भरिका सबै साथीहरु आन्दोलनको  यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं। यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइ पुग्नु होला।’

उनको तर्क छ, ‘अनधिकृत विचार, अफवाह, षड्यन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो आन्दोलन, मेरो सहभागिता, बलियो उपस्थिति-बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि।’

उता सरकारले भने आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गरेको छ। मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताइन्।

मन्त्री भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसनिम्ति निरन्तर संवादमा रहेको बताइन्।


सामाग्री श्रोत :

आन्दोलन नरोक्ने शिक्षक महासंघको चेतावनी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट