काठमाडौँ –इन्डियन प्रिमियर लिग (आईपीएल) पन्जाब किङ्सले यस सिजनकै कीर्तिमानी जित हात पारेको छ । ११२ रनको लक्ष्य पाएको कोलकाता नाइट राइडर्सलाई १६ रनले हराउँदै पन्जाबले नाटकीय जित हात पारेको हो । कलकताले १५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रनमा जोड्यो ।

झिनो लक्ष्य पछ्याएको कलकताले ७.३ ओभरमा दुई विकेट गुमाउँदै ६२ रन जोडेको थियो । युजभेन्द्र चावलले १७ रन जोडेको अजान्का राहनेलाई आउट गरेपछि खेल पञ्जाबको पक्षमा मोडिएको हो ।
त्यसपछि चावल र ग्लेन म्याक्सवेल दुवैले कलकताको ब्याटिङ लाइनलाई धरासायी पारे । ७२ बन्दा रन अंगरिस रघुवंशी आउट भएपछि कलकता सम्हालिन सकेन ।
कलकताले त्यसपछि सात रनको अन्तरमा पाँच विकेट गुमाएको हो । ग्लेन म्याकसवेलले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिए । आर्शदीप सिंहले नवौँ विकेटको रूपमा हर्षित वैभव आरोहालाई आउट गरेपछि मार्को जेन्सनले ११ बलमा १७ रन जोडेका मार्को जेन्सनलाई आउट गरे । जेन्सनले कुल तीन विकेट लिए । प्लेयर अफ द म्याच घोषित चावलले ४ ओभरमा २८ रन खर्चेर चार विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १५.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १११ रन जोडेको थियो । पन्जाबका लागि प्रभ्सिरमन सिंहले १५ बलमा ३० रन जोडे । प्रियांस आर्यले १२ बलमा २२ रनको योगदान गरे । कोलकाताका हर्षित रानाले तीन विकेट लिए भने वरुण चक्रवर्ती र सुनिल नारायणले समान दुईदुई विकेट लिए । आईपीएलको अंक तालिकामा पञ्जाव चौथो स्थानमा रहेको छ भने कोलकाता छैटौँ स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ