काठमाडौं–प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९ सय ७० ग्राम गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २७ वर्षीय विशाक विजयन रहेका छन् । उनलाई सोमबार राति पक्राउ गरिएको हो ।
थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा लगेज चेक गर्ने क्रममा उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ