काठमाडौं– नेकपा माओवादी केन्द्रले पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग तराई मधेस जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबारबाट पुन: सुरु भएको छ।

नयाँ वर्ष २०८२ सालको पहिलो दिनबाट अभियान फेरि सुभारम्भ गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । अभियान लागि पुगेका प्रचण्डसहितका नेताहरुलाई गैडाकोट नेता कार्यकर्ताले स्वागत गरेका छन् ।
अभियानलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ। अध्यक्ष प्रचण्ड लगायतका नेताहरू सोमबार र मंग्लबार नवलपुरमा रहने छन्।
गत साता बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनीत गरेपछि पुन पार्टी अभियानमा अध्यक्ष प्रचण्डसँगै हिँड्न थालेका हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ