२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई परियारको खुल्लापत्र

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासंघको आन्दोलनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज खुल्लापत्र लेख्दै उनले शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका हुन्।

‘सरकार किन गम्भीर हुँदैन, के शिक्षकको शालिनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ?’ सहमहामन्त्री परियारले प्रश्न गर्दै खुल्लापत्रमा लेखेका छन्, ‘यदि सरकारले १-२ दिनभित्र आन्दोलनका माग समाधान नभएमा कांग्रेसले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भनेर मेरो पार्टीसंँग समेत जोडदार माग रहनेछ।’

महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा गत चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको छ। विगतमा महासंघसँग सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउँदै प्रतिनिधिसभा सदस्य परियारले जायज मागमा कांग्रेसको समर्थन रहेकोसमेत खुल्लापत्रमा उल्लेख गरेका छन्।

‘पार्टीको तर्फबाट अनौपचारिक रूपमा सरोकार भएका मन्त्रीसँग बारम्बार छलफल भएको छ। तथापि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद् पक्ष हो’, उनले भनेका छन्।


सामाग्री श्रोत :

शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई परियारको खुल्लापत्र

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट