काठमाडौं। नेकपा एमाले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रामक देखिएको छ।

साेमबार बसेकाे सचिवालयको बैठकमा पूर्वराजा शाहले ‘नेपाली जनतामा जागरण आएको’ भन्ने सन्देश र प्रचण्डले ‘नयाँ बर्षमा सरकार परिवर्तन हुने’ भन्ने अभिब्यक्तिप्रति आपत्ति जनाएको हो।
‘उहाँ (शाह)ले नेपाली जनतामा जागरण आएको छ भनेर भन्नु भयो, के सरकारी कार्यालय माथी भएको आक्रामणलाइ जागरण भन्न मिल्छ? कुनै पनि अर्थमा अब लोकतान्त्रिक गणतन्त्रको बिकल्प स्वीकार्य हुन सक्दैन, यो गति अघि बढी सक्यो,’ एमाले नेता प्रदिप ज्ञवालीले भने।
उता, माओवादी अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार परिवर्तन हुने भन्दै दिएको अभिब्यक्तिप्रति पनि आपत्ति जनाएको छ।

‘केही दिन अघि प्रचण्डले फेरी सरकार फेरिने कुरा गर्नुभयो, यो उहाँको सरकार बाहिर रहँदाको पीडा हो, उहाँमा सत्ता प्राप्तिको आशक्ति देखाउँछ तर यो सरकार कुनै हालतमा परिवर्तन हुने छैन, सरकार परिवर्तन गरेर अस्थिरता निम्ताउने प्रयास सफल हुने छैन’ उनले भने।
यसैबीच एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७६ औं वर्षगाँठ मनाउने भएको छ। सोमबार बसेको नेकपा एमाले सचिवालय बैठकले वैशाख ९ गते स्थापना दिवस मनाउने र ७ जना नेताहरुलाई कम्युनिष्ट योद्धाका रुपमा सम्मान गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी दिए।
सम्मानित हुनेहरुमा कञ्चनपुरका लालाबहादु विश्वकर्मा, जारकोटका रत्न शार्मा न्यौपाने, दाङका सोभाराम बस्नेत दाङ, गोरखाका वासस्पति देवकोटा, काठमाडौँकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटी रहेका छन्। त्यस्तै पूरा कम्युनिष्ट नेताहरुको स्मरण पुस्तक समेत सर्वाजनिक गरिने ज्ञवालीले जानकारी दिए।
सामाग्री श्रोत :