२०८२ बैशाख १४ आईतवार
LATEST NEWS
२०८२ बैशाख १४ आईतवार

यू १९ विश्वकप छनोटः ओमानविरुद्ध नेपालको सहज जित

काठमाडौं – यू १९ विश्वकप एसिया छनोटअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ। 

जितको लागि १ सय १८ रनको चुनौति नेपालले १४.३ ओभरमा २ विकेट गुमाउँदै सहज जित निकालेको हो।

नेपालका ओपनरद्वय साहिल पटेल र निरज कुमार यादवले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए। यो साझेदारीमा नेपालले आरामदायी जित निकाल्यो।

निरज अर्धशतकबाट मात्र ४ रनले चुके। ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रनमा आउट भए। उनलाई सौम्य भविनसम्पतले आउट गरे।

त्यसपछि अर्का ओपनर साहिल ४४ रनमा सौम्यकै बलमा आउट भए। कप्तान नरेन भट्ट अविजित १२ रनमा रहे।

Ncell 2
Ncell 2

यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटियो।

ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। उनले अर्धशतक प्रहार गरे। ७८ बल खेल्दै ६ चौकाको मद्दतले ५२ रन जोडे। सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए।

ओमानका खेलाडीहरूले निराशाजनक ब्याटिङ गरे। कुनै पनि समय ठुलो साझेदारी बन्न सकेन्। आठ खेलाडीले दोहोरो रन छुन सकेनन्।

shivam cement
shivam cement

ओमानलाई निरिह बनाउन युवराज खत्रीले सानदार बलिङ गरे। ७ ओभर बलिङ गर्दै २ मेडन सहित मात्र १५ रन खर्चेर ५ विकेट लिए। सन्तोष यादवले २ विकेट लिए।

लगातारको दोस्रो जितमा नेपालले ४ अंक बनाएको छ।नेपालले हिजो पहिलो खेलमा युएईलाई डकवर्थ-लुइसको आधारमा ५ रनले हराएको थियो।

दुई खेलमा ओमान जित विहिन छ। ओमान हिजो अफगानिस्तनसँग ८ विकेटको फराकिलो अन्तरमा पराजित भएको थियो।

अब बुधबार नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट