काठमाडौं । युक्रेनको सुमीमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको खबर छ। युक्रेनका गृहमन्त्री र त्यहाँको सरकारी आपतकालीन सेवाले आफ्नो टेलिग्राम च्यानलमा यो जानकारी दिएका छन्।

उनले भने ‘कम्तीमा ३२ जनाको मृत्यु भएको छ र ८४ जना घाइते भएका छन्, जसमा सात बालबालिका पनि समावेश छन्।’
उनले मृत्यु हुनेको संख्या “प्रारम्भिक तथ्याङ्क” मा आधारित रहेको र मानिसहरू “सडकमा, कारमा, सार्वजनिक यातायातमा, घरहरूमा” घाइते भएको बताए।
जेलेन्स्कीले भने, “अमेरिका, युरोप, संसारका सबैजना यो युद्ध र हत्याको अन्त्य चाहन्छन्। रूसले ठ्याक्कै यस्तै प्रकारको आतंक चाहन्छ र यो युद्धलाई तानिरहेको छ। दबाब बिना शान्ति असम्भव छ।”

उनले भने “वार्ताले ब्यालिस्टिक क्षेप्यास्त्र र हवाई बम कहिल्यै रोकेको छैन।” आपतकालीन सेवाले त्यहाँ पीडितहरूलाई सम्भव भएसम्म सबै सहयोग प्रदान गरिरहेको बताएको छ।
सामाग्री श्रोत :