२०८२ बैशाख २ मंगलवार
LATEST NEWS
२०८२ बैशाख २ मंगलवार

अब गुगल मेसेजमा रङ्गबाटै आरसीएस, एसएमएस र एमएमएस छुट्टिने

काठमाडौँ । गुगल मेसेजले मेसेज अनुसार फरक रङ्ग दिने भएको छ । अब प्रयोगकर्ताले गुगल मेसेज प्रयोग गर्दा आरसीएसबाट पठाएको मेसेज, एसएमएसबाट आएको वा पठाएको मेसेज र एमएमएसबाट आएको/पठाएको मेसेजलाई छुट्‍टाछुट्‍टै रङ्ग दिने भएको हो । 

यो फिचर अन्तर्गत प्रयोगकर्ताले स्टार्ट च्याट (Start chat) बटन थिचेपछि देखिने कन्ट्याक्ट लिस्टमा आरसीएस प्रयोगकर्ताको नम्बरको छेउमा ‘RCS’ लेखेको ब्याज देखिनेछ भने साधारण एसएमएस तथा एमएमएस प्रयोगकर्ताको नम्बरको छेउमा केही पनि देखिने छैन । 

यो फिचर एन्ड्रोइड र आईओएस दुवैमा आरसीएस प्रयोगकर्ताका लागि उपयुक्त हुने अनुमान छ । यसका साथै, आरसीएस प्रयोगकर्ताहरूको नामको रङ्ग पनि परिवर्तन गरिएको छ । कालो रङ्गको साटो मटेरियल यु (material you) मा जस्तै हल्का पेस्टल रङ्ग प्रयोग गरिएको छ, जुन विशेषगरी लाइट मोडमा अझ स्पष्ट देखिन्छ । 

यो फिचर एप्पलले आईमेसेज र एसएमएस प्रयोगकर्तालाई छुट्याउने तरिकासँग मिल्दोजुल्दो छ । एप्पलको आईमेसेजमा गाढा निलो रङ्ग प्रयोग भएको छ भने सामान्य एसएमएस प्रयोग गर्दा हरियो रङ्ग देखिन्छ ।   

यदि कुनै प्रयोगकर्ताले दुई ओटा नम्बर प्रयोग गरिरहेको छ भने, कुन नम्बरबाट आरसीएस प्रयोग गरिरहेको छ भन्ने जानकारी छुट्‍टाछुट्‍टै देख्न सकिन्छ। हाल यो फिचर बेटा भर्सनमा मात्र उपलब्ध छ र गुगलले यसबारे आधिकारिक घोषणा गरिसकेको छैन । 

यद्यपि एन्ड्रोइड अथोरिटीले आफूलाई प्राप्त एपीकेमा (APK) यस्तो फिचर भेटिएको उल्लेख गरेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ ९:५७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट