२०८२ बैशाख २ मंगलवार
LATEST NEWS
२०८२ बैशाख २ मंगलवार

यस्तो छ औषधि तथा स्वास्थ्य सामग्रीको विधेयकको मस्यौदा [पूर्णपाठ]

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि तथा स्वास्थ्य सामग्रीको सम्बन्धमा व्यवस्था गर्न विधेयकको मस्यौदा तयार पारेको छ।मन्त्रालयले संघीय संसदमा लैजानका लागि तयार पारेको विधेयकको प्रारम्भिक मस्यौदामा औषधि, खाद्य समपुरक, स्वास्थ्य सामग्री तथा सौन्दर्य प्रसाधनका विषयहरु समावेश छन्। यी सामग्रीको गुणस्तर, नियमन, निरीक्षण र प्रशासन सम्बन्धमा आवश्यक र समयानुकूल व्यवस्था गर्न विधेयककोफ मस्यौदा तयार पारेको मन्त्रालयले जनाएको छ।’औषधि, खाद्य समपुरक स्वास्थ्य सामग्री तथा सौन्दर्य प्रसाधनको सुरक्षा, प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न, तिनको उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण आयात-निर्यात, बिक्री वितरणसमेतका लागि अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्न, सोको समुचित प्रयोग, सहज उपलब्धता, उत्तम अभ्यासको पालना, मापदण्ड निर्माण गर्न र मूल्य निर्धारण प्रकृयालाई उत्तरदायी र पारदर्शी बनाउन तथा गुणस्तर नियमन, निरीक्षण र प्रशासन सम्बन्धमा आवश्यक र समयानुकूल व्यवस्था गर्न वाञ्छनीय भएकाले,’ विधयेकको प्रस्तावनामा भनिएको छ।मन्त्रालयले हालको औषधि ऐन २०३५ लाई खारेज गर्दै नयाँ ऐन बनाउन लागेको हो।नयाँ ऐनका लागि तयार पारेको विधयेकको मस्यौदामा आवश्यक सुझाब दिन मन्त्रालयले सरोकारवालाहरुसँग आग्रह गरेको छ। मन्त्रालयले चैत २८ गते निर्णय गर्दै सुझाब माग गरेको छ। मस्यौदाक विषयमा १५ दिन भित्र [email protected] वा [email protected] मा सुझाब दिन भनिएको छ। हेरौं मस्यौदाको पूर्णपाठ 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट