काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । जस अन्तर्गत काठमाडौं रेजर्स एफसी र एफसी चितवन तथा धनगढी एफसी र झापा एफसी खेल्ने छन् ।

काठमाडौं र चितवनको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा दिउँसो साढे २ बजे सुरु हुनेछ । भने दोसो खेल साँझ ६ बजे सुरु हुनेछ । लिग अन्तर्गत काठमाडौंले आज छैटौँ र चितवनले पाँचौ खेल खेल्न लागेका हुन् ।
अहिलेसम्मका खेलमा काठमाडौंले एकमा जित दुईमा बराबरी र दुईमा हारसहित ५ अङ्क जोडेको छ । चितवनले दुईमा जित एकमा बराबरी र एकमा हारका साथ ७ अङ्क बनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ