मायाको अँगालो जसलाई कंगारु मदर केयर भनिन्छ। यसलाई अस्पतालमा मात्र होइन, घरमै पनि सहज रूपमा अपनाउन सकिन्छ।कम तौल (२.५ केजीभन्दा कम) वा समयभन्दा अघि जन्मिएका नवजात शिशुहरूको हेरचाहका लागि ‘माया को अँगालो’ अर्थात् कंगारु मदर केयर चाहिन्छ। जुन एक अत्यन्त सरल, सस्तो र प्रभावकारी विधि हो।कंगारु मदर केयर के हो?कंगारु मदर केयर भन्नाले आमा, बुबा वा परिवारका अन्य सदस्यले शिशुलाई आफ्नो छातीको नाङ्गो छालासँग छालाको सम्पर्क हुनेगरी सिधा राखेर गरिने स्याहार हो। शिशु र अभिभावक दुवैलाई कपडाले ढाकिएको हुन्छ तर शिशुको छाला सिधा छातीमा टाँसिएको हुन्छ। यसले शिशुलाई सुरक्षा, न्यानोपन र माया प्रदान गर्छ।कंगारु मदर केयरका मुख्य फाइदाहरूतापक्रम नियन्त्रण – शिशुले आवश्यक न्यानोपन प्राप्त गर्छ।स्तनपान प्रोत्साहन – आमा नजिक हुँदा स्तनपान सहज र बारम्बार हुन्छ।तौल वृद्धि – शिशुको तौल छिटो र स्थिर रूपमा बढ्न मद्दत गर्छ।श्वासप्रश्वास सुधार – नियमित र स्थिर सास फेर्न मद्दत गर्छ।मायालु सम्बन्ध विकास – आमा र शिशुबीच गहिरो भावनात्मक सम्बन्ध बनाउँछ।संक्रमणको जोखिम घटाउँछ – न्यानो र सुरक्षित वातावरणले रोगको सम्भावना घटाउँछ।कंगारु मदर केयर कसरी गर्ने?कंगारु मदर केयर दिनुका लागि विशेष उपकरण चाहिँदैन – मात्र माया र निरन्तरता आवश्यक छ। शिशुलाई टोपी, मोजा र डायपर लगाइन्छ, अनि ढाक्ने कपडाले दुवैलाई सुरक्षित बनाइन्छ। शिशुलाई राख्ने व्यक्तिले आरामदायी कुर्सी वा ओछ्यान रोज्नुपर्छ।समय- सकेसम्म लामो समय (८-२४ घण्टासम्म) कंगारु मदर केयर दिनु उत्तम हुन्छ।(नवजात शिशु तथा बालरोग विशेषज्ञ डा दीपक कान्ति बालअस्पताल र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्।)
सामाग्री श्रोत :
swasthyakhabar

