काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माया सम्बन्धी फेसबुक स्टाटस हटाएका छन् । गएराति करिब १० बजेतिर ‘मेरो माया लाग्छ ?’ भन्दै उनले स्टाटस पोस्ट गरेका थिए ।

पोस्टमा २ घण्टाभित्र नै एक लाख ३० हजारभन्दा बढी रियाक्सन र हजारौं कमेन्ट/शेयर आएको थियो । शाहले उक्त स्टाटस कुन सन्दर्भमा लेखेका थिए र किन हटाए भन्ने खुलेको छैन ।
यता, सामाजिक सञ्जाल प्रयोगकर्ताले बालेनको स्टाटसलाई लिएर चर्चा गर्न थालेका छन् । केहीले आफ्ना श्रीमान्–श्रीमती, प्रेमी–प्रेमिका र साथीहरूलाई मेन्सन गर्दै ‘मेरो माया लाग्छ ?’ भन्ने स्टाटस राखेका छन् ।

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ ९:४२
सामाग्री श्रोत :
टेक पाना