२०८२ बैशाख २ मंगलवार
२०८२ बैशाख २ मंगलवार

गोली लागेर शिकारीको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ गब्दाहवामा शिकार खेल्न गएका व्यक्तिले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।

२८ वर्षीय समुन्द्र गाहा मगरको बुद्ध सामुदायिक वनको खयरभट्टी क्षेत्रमा शिकार खेल्ने क्रममा गोली लागेर ज्यान गएको हो।

घाइते भएका मगरलाई शिकारीहरुले नै उपचारका लागि भैरहवा मेडिकल कलेज पुर्‍याएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक मगर तीन जनाको टोलीसहित शिकार खेल्न गएको प्रहरी अनुसन्धानले देखाएको छ।

घटनापछि प्रहरीको टोलीले ३४ वर्षीय राम बहादुर थारु, ३६ वर्षीय कालु भनिने राम थारु, र प्रवेश थारुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

घटनास्थलबाट प्रहरी टोलीले एक लोडेड बन्दुकसहित दुई नाल भरुवा बन्दुक बरामद गरेको छ।


सामाग्री श्रोत :

गोली लागेर शिकारीको मृत्यु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट