काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले नेपाली बजारमा ट्रान्सफर्मर एसयूभी ‘दीपल ई०७’ को औपचारिक डेलिभरी सुरु गरेको छ । योसँगै नेपाली उपभोक्ताले ट्रान्सफर्मर क्षमताका लागि परिचित क्रान्तिकारी एसयूभीको प्रत्यक्ष अनुभव लिनसक्ने कम्पनीले जनाएको छ ।

एक बटन थिच्दा एसयूभीबाट पिकअप ट्रक र क्याम्पिङ गाडीमा परिणत हुनसक्ने यस गाडीको अनौठो विशेषताले अटोमोबाइल क्षेत्रमा नयाँ उत्साह थप्ने कम्पनीको भनाइ छ । ‘इन्डस्ट्री फर्स्ट’ फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट प्रदर्शनकाले यस गाडीले नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ ।
दीपल ई०७ को पछाडिको भागलाई विशेष रूपमा डिजाइन गरिएको छ । जहाँ विद्युतीय मोटर र अन्य मेकानिजम प्रयोग गरी गाडीको पछाडिको भागलाई विभिन्न रूपमा परिवर्तन गर्न सकिन्छ । यसले पछाडिका सिटहरूलाई फोल्ड गर्न र पछाडिको भागलाई खुला पिकअप ट्रकको रूपमा परिवर्तन गर्न सक्ने क्षमता राख्दछ । त्यसपछि त्यसै भागलाई क्याम्पिङको लागि आवश्यक सामग्रीहरु राख्न मिल्नेगरी परिवर्तन गर्न सकिन्छ ।
गाडीमा रहेका विद्युतीय मोटरहरूले पछाडिको भागलाई माथि उठाउने, तल झार्ने र विभिन्न एङ्गलमा घुमाउने काम गर्छन् । यी मोटरहरू सेन्ट्रलाइज्ड कम्प्युटर सिस्टमबाट नियन्त्रित हुन्छन्, जसले बटन थिच्दा आवश्यक परिवर्तनहरू गर्छ ।

त्यस्तै गाडीको सफ्टवेयरले विभिन्न ट्रान्सफर्मेसन मोडहरूलाई कन्ट्रोल गर्छ भने प्रयोगकर्ताले छानेको मोड अनुसार विद्युतीय मोटरहरूलाई निर्देशन दिन्छ । यही कारण गाडीको पछाडिको भागलाई आवश्यक रूपमा परिवर्तन गर्ने सकिने कम्पनीले जनाएको छ ।
रियर ह्विल ड्राइभ (आरडब्ल्यूडी) र अल ह्विल ड्राइभ (एडब्ल्यूडी) दुवै भेरियन्टमा उपलब्ध हुने यो गाडीको हाललाई आरडब्ल्यूडी भेरियन्टको डेलिभरी सुरु भएको छ । यसमा १९० किलोवाटको मोटर जडान गरिएको छ । जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । ८९.९ किलोवाट आवरको ब्याट्रीले एक पटकको चार्जमा ५६६ किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
“हामीले ई०७ लाई नेपालमा सार्वजनिक गरेपछि बुकिङ सुरु गरेका थियौं । बजारबाट राम्रो प्रतिक्रिया पायौं । बुकिङ गर्ने ग्राहकको पहिलो ब्याचलाई हामीले डेलिभरी सुरु गरेका छौं,” एमएडब्लू वृद्धिका सीईओ रुपेश शर्मा भट्टले भने ।
दीपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म’ले सिमलेस कन्ट्रोल र रियलटाइम रेस्पोन्स दिन्छ । यसमा २८.८६ इन्चको अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले र १५.४ इन्चको सनफ्लावर टचस्क्रिन प्रयोग गरिएको छ ।
सहज यात्रा र सुरक्षाका लागि यसमा पाँच प्रकारको क्रुज असिस्ट, चार ओटा पार्किङ असिस्ट फिचर र १४ ओटा सेफ्टी प्रोटेक्सन सिस्टम रहेको छ । त्यस्तै ५ एमएमको वेब राडार, पाँच ओटा क्यामेरा र १२ वटा अल्ट्रासोनिक राडार प्रयोग गरिएको छ । साथै नेभिगेसन र पार्किङ आदिलाई सहज बनाउन यसमा ५४० डिग्रीको सराउन्ड भ्यु र सी२ सेन्ट्रल कम्प्युटिङ रहेको छ ।
गाडीमा गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री प्रयोग भएको यो गाडीले चिसोमा पनि राम्रो प्रदर्शन दिने कम्पनीको दाबी छ ।
पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ २२:३०
सामाग्री श्रोत :
टेक पाना