काठमाडौँ । हुकुट स्टोरले नयाँ वर्षलाई थप नयाँ र उत्साहजनक बनाउन वर्षकै सबैभन्दा ठुलो योजना ‘गेम अफ लक’ सुरु गरेको छ । आफ्नो भाग्य परीक्षण गरी विभिन्न उपहारका साथै रमाइलो अनुभव गर्दै ग्राहकले सामान खरिद गर्न सकुन भन्ने उद्देश्यका साथ स्टोरले यो योजना ल्याएको हो ।

शुक्रबारदेखि सुरु भएको यो योजना ९ वैशाखसम्म सञ्चालनमा आउनेछ । जसमा ग्राहकहरूले २०० रुपैयाँदेखि आईफोन १६ सम्म जित्न सक्ने बताइएको छ । यसको अर्थ भाग्यशाली विजेताले मात्रै उपहार प्राप्त गर्ने भन्ने नभई सहभागी हुने कोही पनि ग्राहकको हात खाली नहुने कम्पनीले जनाएको छ ।
स्टोरले अल्टिमा, एङ्कर, अकि, नथिङ, साउण्डकोर, युग्रिन, किक, हाइफ्यूचर, जिब्लेज लगायतका कम्पनीसँगको सहकार्यमा विभिन्न प्रोडक्ट ग्राहकलाई उपहार स्वरूप प्रदान गर्नेछ । जसमा एयरबड, स्मार्टवाच, स्पिकर र फास्ट चार्जर रहेका छन् । ग्राहकले इन्ट्यान्ट क्याश ब्याकका साथै बिग बम्पर उपहारको रूपमा साउन्डबार, प्लेस्टेसन ५ सम्म जित्न सक्नेछन् ।
यतिमात्रै नभएर नयाँ वर्षको अवसरका हुकुटले विभिन्न ब्रान्डका ल्यापटप, स्मार्टफोन, कम्प्युटर लगायतका प्रोडक्टमा छुट सहितको योजना पनि सार्वजनिक गरेको छ । यस्ता हरेक सामानको खरिदमा एयरबड, स्मार्टवाच, टेम्पर्ड ग्लास जस्ता ग्याजेट उपहारको रूपमा उपलब्ध गराउने छ । यो विशेष अफर र ‘गेम अफ लक’ स्टोरमा उपलब्ध हरेक सामानको खरिदमा पाउन सकिनेछ ।

हुकुट स्टोरमा हाम्रो छनोट
स्टोरले नयाँ वर्षलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको यस योजना अन्तर्गत रहेर हामीले मोबाइल, ल्यापटप, स्मार्टवाच, स्पिकर र एयरबडहरूको एउटा सूची तयार पारेका छौँ । यो सूची तयार पार्दा स्टोरले प्रोडक्टमा दिएको छुट प्रतिशतलाई आधार बनाइएको छ । साथै, स्टोरमा स्टक उपलब्ध भएका प्रोडक्टहरूमात्र यसमा समावेश छन् । यसको अर्थ स्टोरले क्याटेगोरी अनुसार जुन प्रोडक्टमा सबैभन्दा बढी छुट दिएको छ, ती प्रोडक्टहरू मध्ये स्टोरमा बाँकी रहेका तीन–तीन ओटाको सूची यहाँ राखिएको छ ।
१. वनप्लस नोर्ड ३० एसई फाइभजी : यो फोन खरिद गर्दा हुकुट स्टोरमा नयाँ वर्षको योजना अन्तर्गत सबैभन्दा बढी छुट प्राप्त गर्न सकिन्छ । यो फोनमा २९ प्रतिशतसम्मको रहेको छ ।
२. वनप्लस नोर्ड सीई ४ लाइट फाइभजी : वनप्लस ब्राण्डको वनप्लस नोर्ड सीई ४ को लाइट भर्सनका रूपमा उपलब्ध यो फोन खरिदमा हुकुट स्टोरले २८ प्रतिशतसम्म छुट दिनेछ ।
३. अनर म्याजिक ६ प्रो : अनर ब्राण्डको यो फोन खरिदमा हुकुट स्टोरले २२ प्रतिशत छुट प्रदान गरेको छ । १ लाख ५९ हजार ९९९ रुपैयाँ रहेको यो फोन हुकुटमा एक लाख २४ हजार ९९९ रुपैयाँमै पाउन सकिन्छ ।
१. डेल भेस्ट्रो ३५३० : इन्टेल कोर आई ७–१३५५ यू प्रोसेसर भएको डेल ब्रान्डको यो ल्यापटपमा हुकुटले सबैभन्दा बढी छुट प्रदान गरेको छ । १५.६ इन्च डिस्प्ले रहेको ल्यापटपमा ८ जीबी र्याम र ५१२ जीबी एसएसडी रहने छ । यो ल्यापटपमा ३२ प्रतिशत छुट उपलब्ध छ ।
२. एचपी पेभिलियन प्लस १४ : इन्टेल कोर आई ५–१३५५ यू प्रोसेसर युक्त एचपी ब्रान्डको यो ल्यापटपमा हुकुटले ३१ प्रतिशत छुट प्रदान गरेको छ । १४ इन्च डिस्प्ले रहेको ल्यापटमा १६ जीबी र्याम र ५१२ जीबी एसएसडी रहेको छ ।
३. डेल इन्पिरन १४ ७४४० : डेल ब्रान्डको यो ल्यापटप खरिदमा हुकुटले २८ प्रतिशत छुट प्रदान गरेको छ । १ लाख ५९ हजार ९९९ रुपैयाँको यो ल्यापटप हुकुटमा १ लाख १५ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । १४ इन्चको फुलएचडी प्लस टच स्क्रिन भएको यो ल्यापटपमा इन्टेल कोर सेभेन १५० यू प्रोसेसर, १६ जीबी र्याम र १ टीबी एसएसडी रहेको छ ।
१. अल्टिमा वाच फ्लेक्स : स्मार्टवाच लगाउने चाहान छ र छुट खोज्दै हुनुहुन्छ भने अल्टिमाको वाच फ्लेक्स एउटा विकल्प बन्न सक्छ । अफर अन्तर्गत हुकुटले यो वाच खरिदमा ३६ प्रतिशत छुट प्रदान गरिरहेको छ । यसमा सय भन्दा बढी स्पोर्टस मोडहरू उपलब्ध छन् ।
२. किक एरोवाच सिग्मा : हुकुटले धेरै छुट दिएको मध्ये स्मार्टवाचतर्फ किक एरोवाच दोस्रो नम्बरमा छ । ब्लुटुथ कलिङ फिचर युक्त यो स्मार्टवाचमा स्टोरले २९ प्रतिशत छुट प्रदान गरेको छ ।
३. अमेजफिट जीटीआर २ न्यु भर्सन : स्मार्टवाच ब्राण्ड अमेजफिट जीटीआर २ को नयाँ भर्सनको रूपमा आएको यो स्मार्टवाच पनि तपाईँहरूका लागि राम्रो विकल्प हुनसक्छ । हुकुटले यो प्रोडक्टमा २३ प्रतिशत छुट दिएको छ । २१ हजार ९९९ मूल्यको यो स्मार्टवाच १७ हजारमै किन्न सकिन्छ ।
१. अल्टिमा साउन्डबक्स एस २० २० डब्लू स्पिकर : कतै घुम्न जाँदै हुनुहुन्छ अथवा घरभित्र फिल्म हलमा जस्तो साउन्ड बजाएर गीत सुन्नका लागि स्पिकर खोजी रहनु भएको छ भने तपाईँको लागि यो उपयुक्त विकल्प हुनसक्छ । हुकुट स्टोरले यो स्पिकर खरिदमा ५३ प्रतिशत छुट प्रदान गरिरहेको छ ।
२. बोस साउन्डलिंक फ्लेक्स : यो सूचीको दोस्रो नम्बरमा बोस साउन्डलिंक फ्लेक्स रहेको छ । सस्तो र हातमा बोकेर हिँड्ने मिल्ने यो स्पिकरमा हुकुटले ४६ प्रतिशत छुट प्रदान गरेको छ ।
३. मिभी रोम २ : मिभी ब्रान्डको यो स्पिकरमा स्टोरले ४१ प्रतिशत छुट प्रदान गरेको छ । तीन हजार रुपैयाँको यो स्पिकर १७ सय ९९ रुपैयाँमै पाउन सकिने व्यवस्था हुकुटले मिलाएको छ ।
१. जोस स्पेसबर्ड म्याक्स : एयरबड खरिद गर्ने योजनामा हुनुहुन्छ भने जोस स्पेसबड्स म्याक्स एउटा उपयुक्त विकल्प हुनसक्छ । किनभने यसको खरिदमा हुकुट स्टोरले ४९ प्रतिशत छुट प्रदान गरिरहेको छ ।
२. किक एरोपड १४१ : हुकुटले आफ्नो स्टोरमार्फत किक एरोपड १४१ एयरबड किन्ने ग्राहकलाई ४८ प्रतिशत छुट प्रदान गरिरहेको छ ।
३. अल्टिमा बुम २११ : अल्टिमा ब्रान्डको यो एयरबडमा स्टोरले ४५ प्रतिशत छुट प्रदान गरेको छ । तीन हजार पाँच सय ९९ रुपैयाँको यो एयरबड हुकुट स्टोरमा १९९९ रुपैयाँमै खरिद गर्न सकिने छ ।
पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १९:२१
सामाग्री श्रोत :
टेक पाना