२०८२ बैशाख १ सोमबार
२०८२ बैशाख १ सोमबार

धरान (सुनसरी)। कोशी पर्यटन वर्ष २०८२ लाई लक्ष्यित गर्दै कोशी प्रदेशको भ्रमणमा आउने पर्यटकको सुरक्षालाई दृष्टिगत गरी प्रदेश सरकारले सुरक्षा जाँच (पहेँलो) स्टिकर टाँस्ने अभियान सुरु गरेको छ।

अभियानअन्तर्गत आज कोशी ब्यारेजमा भारतीय पर्यटक सवार सवारीसाधनमा सुरक्षा जाँच स्टिकर टाँसिएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

कोशी प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले भारतीय पर्यटक सवार सवारीसाधनमा स्टिकर टाँसेका हुन्। यो अभियान भारतसँगका प्रदेशका सबै नाकामा चलाइने उनले बताए।

त्यस अवसरमा सुनसरी जिल्लाका प्रमुख अधिकारी धर्मेन्द्र मिश्र, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुमनकुमार तिम्सिनालगायत जिल्ला सुरक्षा समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधि सहभागी थिए। रासस


सामाग्री श्रोत :

कोशी पर्यटन वर्षः भारतीय पर्यटकका सवारीसाधनमा सुरक्षा ‘स्टिकर’

काठमाडौँ । के तपाईँलाई थाहा छ विन्डोज ११ पीसीलाई एउटा ब्लुटुथ स्पिकरको रूपमा प्रयोग गर्न सकिन्छ ? यसले तपाईँलाई आईफोन तथा एन्ड्रोइड डिभाइसमा भएका आफूलाई मनपर्ने म्युजिक ट्रयाक कम्प्युटरमा सुन्ने सुविधा दिन्छ । आज हामी तपाईँलाई कम्प्युटरलाई कसरी ब्लुटुथ स्पिकरको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा बताउँदैछौँ:

१. आफ्नो ब्लुटुथ भएको डिभाइसलाई कम्प्युटरसँग पेयर गर्नुहोस्

कुनै ब्लुटुथ डिभाइसमार्फत आफ्नो कम्प्युटरमा म्युजिक सुन्नका लागि तपाईँले सबैभन्दा पहिला उक्त डिभाइसलाई कम्प्युटरसँग पेयर (जोड्नु) गराउनु पर्ने हुन्छ । यसका लागि आफ्नो आईफोन वा एन्ड्रोइड जस्तो कुनै  मोबाइल डिभाइसमा ब्लुटुथ अन गर्नुहोस् । आईफोनमा तपाईँले सेटिङ हुँदै ब्लुटुथमा गएर अन गर्नुपर्ने हुन्छ भने एन्ड्रोइड फोनका लागि तपाईँले डिभाइसको माथिल्लो भागमा तलतर्फ स्क्रिनलाई खिचेर ब्लुटुथमा जानुपर्ने हुन्छ । 

अब कम्प्युटरमा Windows बटन सँगै ‘i’ लाई एकसाथ थिचेर  विन्डोज ११ को सेटिङमा जानुहोस् । अब बायाँतर्फको बारमा गएर ‘Bluetooth & Devices’ मा क्लिक गर्नुहोस् । यति गरिसकेपछि बायाँ तर्फको प्यानलबाट ब्लुटुथ इनेबल गर्नुहोस् । त्यसपछि डिभाइससँगै रहेको ‘Add Device’ मा क्लिक गर्नुहोस् ।   

त्यसपछि ‘Add a Device’ विन्डो खुल्छ, जहाँबाट ‘Bluetooth’ मा क्लिक गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि कम्प्युटरलाई तपाईँको डिभाइस फेला पार्न दिनुहोस् । जब उक्त सूचीमा तपाईँको डिभाइस देखा पर्छ, त्यसलाई छान्नुहोस् । 

जब तपाईँको कम्प्युटरले ‘Your Device is Ready to Go!’ भन्छ,  ‘Done’ छानेर विन्डोजलाई बन्द गरिदिनु होस् । यति भएसँगै तपाईँको कम्प्युटर र मोबाइल आफसमा पेयर हुन्छन् । 

२. कम्प्युटरमा ब्लुटुथ अडियो रिसिभ गर्ने निःशुल्क एप

आफ्नो कम्प्युटरमा ब्लुटुथमार्फत अडियो प्राप्त गर्न तपाईँले माइक्रोसफ्ट स्टोरबाट एउटा ब्लुटुथ अडियो रिसिभर डाउनलोड गर्नुपर्ने हुन्छ । किन कि विन्डोज ११ मा ब्लुटुथ स्पिकरको रूपमा काम गर्नका लागि बिल्ट-इन फिचर उपलब्ध छैन । 

यो एप डाउनलोड गर्न विन्डोज सर्च खोल्नुहोस् । यसका लागि किबोर्डमा ‘Windows’ र ‘S’ किलाई एकसाथ थिच्न पनि सक्नु हुन्छ । अब ‘Microsoft Store’ सर्च गर्नुहोस् र त्यसको एप खोल्नु होस् । यति गरिसकेपछि माथि सिरानीमा रहेको सर्च बक्समा क्लिक गरेर ‘Bluetooth Audio Receiver’ टाइप गर्नुहोस् अनि इन्टर बटन दबाउनु होस् । अब उपलब्ध सूचीबाट एउटा एप छान्नुहोस् र डाउनलोड तथा इन्स्टल गर्न ‘Get’ मा क्लिक गर्नुहोस् । 

फेरि विन्डोज सर्च खोल्नुहोस् र ‘Bluetooth Audio Receiver’ टाइप गरेर रिजल्टमा देखिएको ओप खोल्नुहोस् । अब एप स्क्रिनमा आफूले जुन डिभाइसबाट अडियो प्राप्त गर्न चाहेको हो, त्यसलाई छान्नुहोस् । याद राख्नुहोस् त्यो डिभाइस तपाईँको कम्प्युटरसँग यसअघि नै पेयर भएको हुनु पर्छ । यहाँबाट डिभाइस छानिसकेपछि ‘Open Connection’ बटनमा क्लिक गर्नुहोस् ।

यति गरेपछि डिभास लिस्टको सुरुमा तपाईँले आफ्नो डिभाइसको नामसँगै केक्टेड भन्ने मेसेज देख्नु हुनेछ । त्यसको मतलब अब तपाईँको कम्प्युटर ब्लुटुथ स्पिकरको रूपमा काम गर्न तयार छ भन्ने हो । 

अब आफ्नो मोबाइल डिभाइसमा कुनै म्युजिक एप खोल्नुहोस् र अडियो बजाउनु होस् । तपाईँले आफ्नो कम्प्युटरमा मोबाइलमा बजाइएको म्युजिक सुन्न सक्नु हुनेछ । मोबाइलको भोलुम कन्ट्रोल वा कम्प्युटरको साउन्ड आइकनमा गएर भोलुम बढाउन वा घटाउन सक्नु हुन्छ ।

कम्प्युटरमा म्युजिक बन्द गर्न चाहनु भयो भने ब्लुटुथ अडियो रिसिभर विन्डोमा गएर ‘Close Connection’ मा क्लिक गर्नुपर्ने हुन्छ । यसका लागि तपाईँले आफ्नो डिभाइस नै अनपेयर गरिरहनु पर्दैन । 

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ २२:४१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ। 

आइतबार भएको प्रारम्भिक सुनुवाईमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रमन श्रेष्ठ, सुरेन्द्र थापा, नारायण कँडेल र मधेश प्रदेशका पूर्व मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले बहस गरेका थिए।

उक्त निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो।

Ncell 2
Ncell 2

सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो।

उक्त प्रतिवेदन प्राप्त भएपछि सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज वा उच्चको आदेश सच्चाएर थुनाबाहिर बसेर पुर्पक्ष गर्नसक्ने आदेश गर्नेछ।

shivam cement
shivam cement

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। 

लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो। सोही आदेशविरुद्ध लामिछाने अदालत गएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारीसँग आग्रह गरेका छन्।

कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आज भएको भेटमा राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले निभाएको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गरेका हुन्।

दोहास्थित नेपालको राजदूतावासका अनुसार उनीहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो।

महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताएका थिए।


सामाग्री श्रोत :

विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनःआग्रह

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्बो इको भेहिकलले आफ्ना इलेक्ट्रिक स्कुटरमा आकर्षक छुट तथा उपहार योजना ल्याएको छ । कम्पनीले ‘नयाँ वर्ष धमाका अफर’ अन्तर्गत स्कुटर खरिद गर्दा रु ५० हजारसम्म नगद छुटका साथै विभिन्न उपहार उपलब्ध गराउने घोषणा गरेको हो ।

ग्राहक सुरक्षालाई प्राथमिकता दिँदै कम्पनीले स्कुटर खरिदकर्तालाई दुर्घटना बीमा तथा आईएसआई मापदण्डको हेलमेट समेत उपलब्ध गराउने जनाएको छ । साथै, स्कुटर खरिदलाई सहज बनाउन कम्पनीले स्पट फाइनान्सको समेत व्यवस्था गरेको छ ।

कम्पनीको मल्टी ब्रान्ड शोरुम काठमाडौं, भक्तपुर र ललितपुरलाई लक्षित गर्दै लोकन्थलीमा सञ्चालनमा रहेको छ । यी शोरुममार्फत लेभनिङ, एमडीकेए, ग्यारो, पियोर ईभी लगायतका विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा सवारी चालक अनुमतिपत्र नभएकालाई लक्षित गर्दै विभिन्न मोडेलका इलेक्ट्रिक साइकलसमेत उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

जम्बो इको भेहिकलले बिक्रीपछि सर्भिस, ब्याट्री, मोटर, चार्जर लगायत स्पेयर पार्ट्स सहज र सुलभ दरमा उपलब्ध गराउँदै आएको छ । साथै, ग्राहकको सहजताका लागि होम सर्भिसको समेत व्यवस्था गरिएको कम्पनीका प्रतिनिधिले जानकारी दिए ।

हाल शोरुममार्फत ३५० वाटदेखि ३००० वाट मोटर क्षमता र ७२ भोल्टसम्मका इलेक्ट्रिक स्कुटर तथा साइकल बिक्री भइरहेको छ । स्कुटर तथा साइकलको मूल्य ६० हजारदेखि तीन लाख २० हजार रुपैयाँसम्म रहेको छ । नयाँ वर्ष अफर अन्तर्गत ती स्कुटर तथा साइकलमा छुट र उपहार पाइने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ २१:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने प्रतिक्रिया दिएका छन् ।

आइतबार नयाँ वर्षको अवसरमा भिडियोमार्फत एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उल्लेख गरेका छन् ।

‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भनेका छन् ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको उनले बताएका छन् ।

‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं,’ पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ ।’

यस्तो छ पूर्वराजा शाहले जारी गरेको सन्देश:
प्रिय आत्मीय नेपाली दाजुभाई दिदीबहिनीहरू,
हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योती, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीको सुख र शान्तिको मंगलमय शुभकामना ।

हरेक नयाँ वर्ष नुतन, आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशाकाबीच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्छ ।

केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड, भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।

Ncell 2
Ncell 2

वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुसरणीय छ । देशलाइ विद्यमान जटिलताबाट मुक्त गराइ शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ । मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मुल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ ।

वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सधैंव स्थापित हुनुपर्दछ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कुटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मुल सार हो । यही नै राजनीतिको मूल धार हुनुपर्ने हो ।

विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ ।

स्वदेशी स्रोत साधनको प्रयोगले स्वदशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गर्नुपर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरू देखा परिरहेका छन् । विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नसमेत गार्हो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकि युवाशक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ ।

shivam cement

shivam cement

युवा स्वरोजगारको निम्ति अवसरको खोजी गरी नेपालमै आयआर्जन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ । विश्वभर छरिरहेका नेपाली एकताको सूत्रमा बाँधिन अब ढिला गर्न हुँदैन ।

आफ्ना ज्ञान, सीप र सामथ्र्य मात्रै होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधन समेत नेपालमै लगाउनुपर्नेछ भन्ने भावना सबैमा जागृत गराउनुपर्नेछ । प्रकृतिले दिएको स्वर्गजस्तै दिएको सुन्दर हिमवत खण्ड नेपाल सिंगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने, स्वदेश फर्क, स्वदेशर्म स्वर्ग भन्ने अभियान चलाउने आजको आवश्यकता भएको छ ।

जनभावना र जनचाहना बुझि मुलुकको समग्र संरचनामा नै हेरफेर गर्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीमा आमुल परिवर्तन र सुधार गरी यीनको आधुनिकीकरण अनिवार्य भएको छ । युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ । सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्छ ।

हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ । रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । नागरिक पलायनसागै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ वर्षलाई उपलब्धीमुलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ । नेपाली नेपालीबीच द्वन्द्व नहोस् । परस्पर अविश्वास र हिंसाको दुःखद मनस्थिति नबनोस्, देशबासीहरू कुनैपनि नाम र निउँमा ध्रुवीकृत नबनुन् भन्ने कुरामा संवेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविष्य निहीत रहेको यथार्थलाई हामीले आत्मसाथ गरेका छौं । सबैले यही वास्तविकतालाई आत्मबोध गनुपर्दछ भन्ने ठान्दछौं । हाम्रा आह्वान हामी कसैको नीजि स्वार्थ पूर्तीका लागि होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन । समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको समप्रभुता, नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो । आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । अनि आफ्नो स्वतः अस्तित्व हामी आफैंले उठाउने हो ।

संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ । र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं । नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यायोस् । अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् । श्री पशुपतिनाथले हामी सबैको हामी सबैको कल्याण गरुन् । जय नेपाल ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ताप्लेजुङ । सुक्खा पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-३ लिङखिम दिबुङमा एक घर पुरेको छ।

स्थानीय देउप्रसाद निरौलाको ढुंगा, माटो, टिनको छाना भएको तीनतले घर पुरिएको प्रहरीले जनाएको छ।

घरमा लत्ताकपडा, मकै १३ मुरी, कोदो ४ मुरी, धान २० मुरी, दाल २ मुरी, आलु २ मुरी, भाँडाबर्तन, ल्यापटप, मोबाइल, गरगहना गरी ३४ लाख ७४ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तालेजुङले जनाएको छ।

यही घरमा डेरा गरी बस्ने वडासचिव ओमप्रकाश पौडेलको ल्यापटप, प्रिन्टर, बायोमेट्रिक हाजिरी मेसिन, टेबल, खातापाता, छाप, लत्ताकपडा लगायत १ लाख ७७ हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीको भनाइ छ।

 


सामाग्री श्रोत :

फक्ताङलुङमा सुक्खा पहिरोले पुर्‍यो घर

काठमाडौँ । एक पुरुषकी पूर्व प्रेमिका प्रहरीको फन्दामा परेकी छिन् । ती पुरुष तथा उनकी श्रीमती समेतलाई अपाच्य हुने मेसेज पठाएर चरित्र हत्या गरेको भन्दै प्रहरीले इन्टरपोलको सहयोगमा ती युवतीलाई पक्रेको हो ।

साइबर ब्युरोमा दर्ता भएको निवेदन अनुसार सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा रहेका ती पुरुष र आरोपित युवतीले विवाह गर्नेसम्मको योजना बनाइरहेका थिए । तर बिचैमा सम्बन्धमा दरार हुन पुग्यो ।

त्यसपछि ती आरोपित महिलाले पुरुषको फेसबुक प्रोफाइल नामसँग मिल्दोजुल्दो नाम र फोटो प्रयोग गरी फेक आईडी बनाइन् र आफ्ना पूर्व प्रेमीसँगै उनकी श्रीमती लगायत नजिकका आफन्तहरूको समेत निरन्तर रूपमा चरित्र हत्या गर्न थालेको निवेदनमा उल्लेख छ । यसरी निरन्तर रूपमा चरित्र हत्या हुन थालेपछि पीडित पुरुषले साइबर ब्युरोमा निवेदन दिए ।

ती पुरुषसँग सरोकार नै नभएका अन्य व्यक्तिहरूलाई समेत उक्त फेक आईडीबाट समाजमा अपाच्य हुने शब्दहरू प्रयोग गरी चरित्रहत्या गर्ने गरेको भन्दै अरूले पनि निवेदन दर्ता गराएका थिए । त्यसपछि ब्युरोले सो फेक आईडी बनाई यस्ता गतिविधिमा संलग्न व्यक्ति उपर अनुसन्धान अगाडि बढायो । सोही क्रममा गोरखा ६ नम्बर वडा सातधुरे दरवारमार्ग घर भई रोजगारीका लागि मलेसिया रहकी ३० वर्षीय विन्दु परियार रहेको खुल्न आयो ।

उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ३ पुस २०८० मै मुद्दा दर्ता भएको थियो । तर परियारलाई फरार सूचीमा राखेर प्रहरीले इन्टरपोलमार्फत उनको नाममा रेड नोटिस नै जारी गर्‍यो । यसैबिच वैदेशिक रोजगारीबाट फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा शनिबार उनलाई पक्राउ गरिएको हो । अभियुक्त परियारलाई आइतबार नै जिल्ला अदालत काठमाडौँ पेस गरिएको ब्युरोले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १८:३३





सामाग्री श्रोत :
टेक पाना

इलाम– नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आज अपराह्न कन्याम आइपुगेका हुन् ।

Ncell 2
Ncell 2

परराष्ट्रमन्त्री डा. देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले आज कन्याम भ्रमण गरेका हुन् । टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पुर्याएको छ । अतिथिलाई कन्याममा पञ्चैबाजाले स्वागत गरिएको थियो ।

shivam cement
shivam cement

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । प्रतिनिधिमण्डलमा इजिप्ट, दक्षिण कोरिया, युके, स्वीट्जल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापानका राजदूत छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपाली वजारमा उपलब्ध औषधिलाई हेर्दा भिन्न भिन्न उत्पादक कम्पनिहरुवाट उत्पादित एकै प्रकारको औषधिहरुको मूल्य विच एकरुपता भने पाईदैन। साथै फरक फरक मूल्य कायम भएको सन्दर्भमा पर्याप्त, स्पष्ट आधार एबम कारणहरु समेत देखिदैन ।यस्तो अवस्थाको अन्त्य  गर्दै मूल्य निर्धारणलाई व्यवस्थित,वैज्ञानिक एबम समय सापेक्षित बनाउंदै लैजानुपर्ने अहिलेको आवश्यकता  हो। प्रचलित कानुन अनुसार औषधि व्यवस्था विभागले औषधिको मूल्य निर्धारण गर्न आवश्यक देखेमा औषधि परामर्श परिषदको बैठकमा पेश गरि मूल्य निर्धारण गर्ने प्रक्रिया अघि बढाउन सक्ने प्रावधान रहेको छ।यसरि निर्धारण गरिएको मूल्य नेपाल सरकारको राजपत्रमा प्रकाशित भए पश्चात लागु हुनेछ। मूल्य समायोजनको प्रक्रियाले उत्पादक र उपभोक्ता विचको दुरी कम गराई उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध हुने अवस्था बनाउन मद्दत पुर्याउछ।मूल्य समायोजन बैज्ञानिक, व्यवस्थित र स्वचालित हुनुपर्दछ।जसका लागी औषधिको मूल्य निर्धारण सम्बन्धि व्यवस्थाको दीर्घकालीन रुपमा समाधान खोज्न आवश्यक छ ।अन्तराष्ट्रिय अभ्यासलाई समेत हेरी  प्रचलित कानुन औषधि ऐन २०३५ ले दिएको व्यवस्थामा सशोधन गरी National Pharmaceutical Pricing Authority को स्थापना मार्फत दिगो रुपमा औषधिको मूल्य निर्धारणको प्रक्रियालाई नियमित,स्वचालित बनाउन आवश्यक छ। अन्य नयाँ व्यवस्था लागु नहुँदा सम्म प्रचलित कानुनको अधिनमा रही मूल्य निर्धारण सम्बन्धि कार्यलाई अघि बढाउनुपर्ने वाध्यात्मक अवस्था हो।औषधि उद्योगले तयारी औषधि बनाउनका लागि आवश्यक कच्चापदार्थ एबम प्याकेजिंग सामाग्री, दक्ष जनशक्ति, भौतिक संरचना,औजार-उपकरण, गुणस्तर नियन्त्रण, भण्डारण, ढुवानी,वजार व्यवस्थापन, औषधि उत्पादनमा अवलंबन गरिएको विधि प्रक्रिया, प्रविधि, राष्ट्रिय-अन्तराष्ट्रिय मान्यता, अनुसन्धानात्मक औषधि, निर्धारित राजश्व, अन्तराष्ट्रिय सन्दर्भ मूल्य, उचित मुनाफा लगायतका विषयहरु मूल्य तय गर्नका लागि ध्यान दिनुपर्ने विषयहरु हुन्। सबै औषधिको मूल्य निर्धारण नहुनु र भएकामा समेत समायोजन नहुँदा उपभोक्ता मारमा छन्। तसर्थ निम्न विषयहरुलाई अध्ययन गरि  तथ्यमा  आधारित भई मूल्य समायोजनको प्रक्रिया अघि बढाउदा यसरि कायम गरिने मूल्य वैज्ञानिक,व्यवाहारिक एवं पारदर्शी देखिनुका साथै कार्यान्वयनमा सहजता हुनेछ। •    दिर्घ रोगीहरुले प्रयोग गर्ने ,लामो समय देखि मूल्य हेरफेर नभएका औषधिहरुलाई ध्यान दिई मूल्य समायोजन गर्न आवश्यक छ।    •    अघिल्लो मितिमा मूल्य निर्धारण भएका औषधिहरु समेतलाई पुनरावलोकन गरि उचित मूल्य कायम गर्नुपर्ने छ।   •    नेपालमा उत्पादन नहुने परनिर्भर रहनुपर्ने Biological Product लगायतका औषधिहरुको मूल्य समायोजन गर्दा अटुट रुपमा उपलब्ध हुन सक्ने गरि मूल्य निर्धारण गर्नुपर्नेछ।  •    Cancer/Renal transplant मा प्रयोग हुने औषधिहरुको हकमा अटुट रुपमा उपलब्ध हुन सक्ने गरि उचित मूल्य कायम गर्नुपर्ने छ। •    Large Volume Parenteral/Life savings औषधिहरुको मूल्य समायोजन गर्दा अटुट रुपमा उपलब्ध हुन सक्ने गरि उचित मूल्य निर्धारण गर्नुपर्नेछ। •    मूल्यको विषय लिई वेलावेलामा बजार अभाव हुन् सक्ने देखिएका औषधिलाई ध्यान दिई मूल्य समायोजन गर्नुपर्नेछ।नेपाल सरकारले हालसम्म आइपुग्दा सबै औषधिको मूल्य निर्धारण नहुनु र भएकामा समेत समायोजन नहुँदा उपभोक्ता मारमा परेको विषयलाई लिई मूल्य समायोजनको प्रक्रिया अघि बढाउनु स्वागतयोग्य छ।समायोजन वैज्ञानिक,व्यवाहारिक एबम पारदर्शी बनाउन उत्पादक देखि उपभोक्ता सम्म सबैको जिम्मेवारी रहन्छ।समायोजनले टेन्डर प्रकृयावाट औषधि खरिद गरिने संस्थामा उपभोक्ताले  तिर्नुपर्ने औषधिको मूल्य र प्राइभेट संस्था एबम फार्मेसीहरुमा अधिकतम खुद्रा मुल्यमा आधारित भई औषधि खरिद गर्दा तिर्नुपर्ने रकम विचको खाडलमा पनि कमि गर्न मद्दत पुग्नेछ। Paracetamol 500 mg ट्याब्लेटको अधिकतम खुद्रा मूल्य रु.१ रुपैयाँ निर्धारण गरिएको छ।वेलाबखतमा वजारमा Paracetamol 500 mg ट्याब्लेटको मूल्य कमि भयो भनेर औषधि अभाव हुने अवस्था देखापर्दछ र वैज्ञानिक रुपमा अध्ययन गरि हेर्दा केहि मुल्य बढाउनुपर्ने अवस्था यथार्थपरक हुन आउछ।वर्षौदेखि समस्याको रुपमा रहेको विषयलाई अध्ययन गरि मूल्य समायोजनको प्रक्रिया मार्फत कायम रहेको मुल्यमा बढाउनुपर्ने भए बढाउने घटाउनुपर्ने भए घटाउने सरकारको जिम्मेवारी,सम्बन्धित निकायको हो। उक्त विषयलाई ज्यादा राजनीतिकरण गरि सरकारले मूल्य बृद्दी गर्यो भन्ने भाष्य बनाउन तिर लागियो भने त्यो अनुत्पादक बन्दछ।मूल्य सधै एकै रहन सक्दैन। त्यससँग धेरै विषयहरु अन्तर्निहित रहन्छन। तसर्थ विज्ञानमा आधारित रही स्वचालित प्रणाली बनाई समय समयमा मूल्य समायोजनको प्रक्रिया अघि बढाउनुमा सबैको हित हुन्छ। उपभोक्ताले वैज्ञानिकतामा आधारित रही कायम भएको मूल्यलाई मान्दछ।उत्पादकले मान्नुपर्दछ ।अध्ययन गरि तथ्यमा आधारित भई मूल्य बढाउने घटाउने अवस्थालाई एकिन गर्ने कार्यलाई यथासिघ्र सम्पन्न गर्न सबैको वल मिलोस्।          उदाहरणका लागि हेरौं : विभिन्न निकायहरुले खरिद गरेका औषधिको खरिद मूल्य र अधिकतम खुद्रा मूल्य विचको अन्तर जसले गर्दा उत्पादक,विक्रेता देखि उपभोक्ता विच उचित मूल्य कायम भई अटुट रुपमा औषधि उपलब्ध हुने अवस्था सिर्जना हुन्छ। 
सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट