२०८२ बैशाख २ मंगलवार
२०८२ बैशाख २ मंगलवार

रिभोल्ट ब्रान्डका ५ बिजुली बाइक नेपाली बजारमा, सुरुवाती मूल्य ३ लाख

काठमाडौँ । भारतीय ब्रान्ड रिभोल्टले नेपाली बजारमा पाँच मोडेलका बिजुली बाइक सार्वजनिक गरेको छ । एमभी दुगर ग्रुपले रिभोल्ट मोटर्ससँगको सहकार्यमा आइतबार काठमाडौंमा एक कार्यक्रमबीच यी बाइकहरू सार्वजनिक गरेको हो ।

आरभी वन, आरभी वन प्लस, आरभी ब्लेज एक्स, आरभी ४०० बीआरजेड र आरभी ४०० गरी पाँच मोडेलका बाइक नेपाली बजारमा उपलब्ध हुनेछन् । यी बाइकहरू मोबाइल एपमार्फत स्टार्ट, स्टप, लोकेसन ट्र्याकिङ, भ्वाइस कमान्डजस्ता सुविधासहित प्रयोग गर्न सकिनेछन् ।

कम्पनीका अनुसार यी बाइकहरू एक पटकको फुल चार्जमा १५० किलोमिटर रेन्ज दिनेछन् भने ८० मिनेटमा ८० प्रतिशत चार्ज हुनेछन् । बाइकमा इको, स्पोर्ट र नर्मल गरी तीनवटा ड्राइभिङ मोडहरू उपलब्ध छन्।

आरभी वनको मूल्य २ लाख ९९ हजार, आरभी वन प्लसको ३ लाख ४९ हजार, आरभी ब्लेज एक्सको ३ लाख ९९ हजार, आरभी ४०० बीआरजेडको ४ लाख १९ हजार र आरभी ४०० को ४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

ग्राहकहरूले नक्सालको शोरुम र बालाजुको सर्भिस सेन्टरबाट यी बाइकहरू खरिद गर्न सक्नेछन्। कम्पनीले ५.९९ प्रतिशत ब्याजदरमा २४ महिनाको किस्ता सुविधा पनि उपलब्ध गराएको छ ।

रिभोल्टले सन् २०१७ देखि भारतीय बजारमा बिजुली बाइक बिक्री गर्दै आएको छ। हालसम्म भारतमा ५० हजार थान बाइक बिक्री भइसकेको छ ।

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १९:२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट