२०८२ बैशाख २ मंगलवार
२०८२ बैशाख २ मंगलवार

सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताएका छन्।

आइतबार झापामा गौरादह नगर अस्पतालको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अहिले सूचना र प्रविधि लगाएतका क्षेत्रमा मुलुक निकै अगाडी रहेको भन्दै हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए।

उनले मुलुकका ७७ जिल्लामा फोरजी सेवा पुराउन सफल भएको र अव फाइभजीको बिकासतर्फ लागेको उल्लेख गरे। उनले गौरिगञ्जको छोटी भन्सार तीन किलोमिटर वर रहेकाले त्यसको अर्थ नहुने भन्दै सीमामा राख्नुपर्ने धारणा राखे। देशभित्र भन्सार कहा राख्ने भन्ने कुरा आफैँले निर्णय गर्ने भन्दै उनले अरुले सिकाउनु नपर्ने जिकिर गरे।

उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने बताए।

अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ।


सामाग्री श्रोत :

सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील छ : प्रधानमन्त्री

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट