काठमाडौँ । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले २०० जना कर्मचारी माग गरेको छ । कम्पनीले नेपाल भरका लागि ठुलो सङ्ख्यामा बजार प्रतिनिधि माग गरेको हो ।

आइतबार एक सूचना प्रकाशित गर्दै इसेवाले सो पदका लागि न्यूनतम शैक्षिक योग्यता प्लसटु तय गरेको छ । सूचना अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, मधेस र कोशी प्रदेशका लागि समान २८/२८ जना र बागमतीका लागि ३२ जना बजार प्रतिनिधि छनोट गरिनेछ ।
योग्यता पुगेका उम्मेदवारहरूले आफ्नो सीभी [email protected] मा जिल्ला उल्लेख गरी पठाउनु पर्नेछ ।

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १२:२२
सामाग्री श्रोत :
टेक पाना