काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधिका लागि नेपालले १७५ रनको लक्ष्य पाएको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको हो ।

कुवेतका लागि रविजा सन्दरुवानले सर्वाधिक ६३ रन बनाए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीत भवसारले १६ र कप्तान उस्मान असलमले १३ रन बनाए । नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए । करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । यसअघि यही सिरिजमा यही मैदानमा नेपाल र कुवेतको खेल हुँदा पनि कुवेतले पहिले ब्याटिङ गरेको थियो । कुवेनले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा हासिल गरेको थियो ।
सामाग्री श्रोत :
