काठमाडौँ । पोखरा महानगरपालिका वडा नं २६ ले एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विभिन्न प्रविधि तालिम सञ्चालन गर्ने भएको छ । डिजिटल दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित निःशुल्क तालिम सञ्चालन गर्न लागिएको वडा अध्यक्ष नरेन थापाले जानकारी दिए ।

वडा अध्यक्ष थापाका अनुसार विद्यार्थीलाई रोबोटिक्स एन्ड प्रोग्रामिङ, भिडिओ एडिटिङ, कन्टेन्ट क्रियसन, ग्राफिक्स डिजाइनिङ, व्यक्तित्व विकास र प्रोग्रामिङ इन पाइथन शीर्षकमा तालिम दिइनेछ ।
इच्छुक विद्यार्थीले यो हप्ताभित्र वडा कार्यालयमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको उनले बताए । “हामीले आवेदन सङ्ख्या हेरेर तालिमको मिति र स्थान निर्धारण गरी तुरुन्तै सञ्चालन गर्ने योजना बनाएका छौँ,” थापाले टेकपानासँग भने ।
यस तालिम आकार एसोसिएसन प्रालिसँगको सहकार्यमा सञ्चालन गरिनेछ ।

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ १२:४२
सामाग्री श्रोत :
टेक पाना