२०८२ बैशाख १ सोमबार
२०८२ बैशाख १ सोमबार

टीसीएलको नयाँ वर्ष अफरः टिभी किन्दा साउन्डबार फ्रि, फ्रिजमा मिक्सर गाइन्डर, ०% ब्याजमा ईएमआई

काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले ‘न्यु इयर, न्यु भिजन’ नामक अभियान सुरु  गरेको छ । कम्पनीले नयाँ वर्ष २०८२ अवसरमा विभिन्न अफरसहित यो अभियान सुरु गरेको हो । 

टीसीएलले अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्ने उद्देश्यका साथ नवीनतम अफरहरू ल्याएको छ  । जसमा दुई लाख ८२ रुपैयाँसम्मको क्याशब्याकसहितका निश्चित उपहारहरू रहेका छन् । ९८ इन्च, ८५ इन्च र ७५ इन्च एलईडी टिभीमा साउन्ड बार, वाशिङ  मसिनमा ६ केजी एरियल म्याटिक डिटर्जेन्ट, फ्रिजमा मिक्सर ग्राइन्डरका साथै वाटर डिस्पेन्सर / साउन्ड बारमा छुट समेत उपलब्ध छ ।

टीसीएलले पुरानो उत्पादन दिएर टीसीएलको नयाँ मोडेल लिन सकिने अफर पनि ल्याएको छ । यसका साथै शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा सहित टीसीएलका उत्पादनहरू खरिद गर्न सकिनेछ ।

नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले यो योजना चैत्र २६ गतेदेखि नेपालभर लागु हुने जनाएको छ ।

 

 

पछिल्लो अध्यावधिक: चैत ३१, २०८१ ११:३३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट