२०८२ बैशाख १ सोमबार
२०८२ बैशाख १ सोमबार

स्वास्थ्य अनुसन्धान परिषद अवार्ड: सुनारलाई स्वास्थ्य पत्रकारिता, डा बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले १४ विधाहरुमा उत्कृष्ट अनुसन्धानकर्ता तथा व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान गरेको छ। यो वर्षको हेल्थ  जर्नालिष्टट अवार्ड(पुरस्कार) स्वास्थ्य पत्रकार पवित्रा सुनारले प्राप्त गरेकी छिन्।उक्त अवार्ड स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले प्रदान गरेका हुन्। पुरस्कृतहरुलाई तक्मा र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ। नागरिक दैनिकमा कार्यरत सुनार डेढ दशकदेखि स्वास्थ्य पत्रकारितामा सक्रिय छिन्। अवार्ड मध्ये मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट (एमएसएमटी) ओरेसन अवार्ड डा आनन्द बल्लभ जोशीलाई दिइएको छ। डा जोशीले त्रिवि शिक्षण अस्पतालमा ३० वर्ष भन्दा बढी अध्यापन गरेका तथा विश्व स्वास्थ्य संगठन जस्ता संस्थामा काम गर्दै सन् १९८२ मा स्वास्थ्य अनुसन्धान कमिटीको स्थापना हुँदा देखि अनुसन्धान परिषद्मा संलग्न भएका तथा जेएनएचआरसीका पहिलो सम्पादक डा जोशीलाई उक्त अवार्ड प्रदान गरिएको हो।हेल्थ रिसर्चर लाइफटाइम अचिभमेन्ट अवार्ड-२०२४ बाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा डा बुद्ध बस्नेत सम्मानित भएका छन्। हाई अल्टिच्युट मेडिसिनमा अनुसन्धान गरेका डा बस्नेत अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल अनुसन्धान इकाई-नेपालका निर्देशक समेत रहेका छन्।  जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल (जेएनएचआरसी) सर्वश्रेष्ठ अनुसन्धान पत्र पुरस्कार-२०२४ गत वर्ष प्रकाशित चार अंकका १ सय २२ लेखबाट दिलिप कुमार यादव, गिरिजा शंकर शुक्ला, निना गुप्ता, नविन श्रेष्ठ, जितेन्द्र कुमार सिंह, हरि काफ्ले, प्रतिमा यादव, दिपेन्द्र कुमार यादवको अनुसन्धान आर्टिकलले पाएको छ।स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार-२०२४ बाट पाटन एकेडेमी अफ हेल्थ साइन्सका एसिस्टेन्ट प्रोफेसर डा पवन शर्मालाई प्रदान गरिएको छ। मनोचिकित्सक डा शर्माले १ सय ५०  भन्दा बढी अनुसन्धान पेपर प्रकाशन गरिसकेका छन्।युवा हेल्थ रिसर्च अवार्ड त्रिवि शिक्षण अस्पतालका डा संगम शाहले पाएका छन्। डा साहले १ सय १० भन्दा बढी विभिन्न रोग सम्बन्धी अनुसन्धान पेपर प्रकाशन गरिसकेका छन्।मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सा डाक्टर)-२०२४ बाट त्रिवि शिक्षण अस्पतालका क्लिकल फर्माकोलिजीका एसोसियट प्रोफेसर डा राकेश घिमिरेले पाएका छन्।मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (एनएचआरसी कर्मचारी) २०२४ बाट सुदिप पौडेलले पाएका छन्। पौडेलले नेपाल स्वास्थ्य अनुसन्धान परिषद २०६९ चैत्र १ गते देखि वरिष्ठ प्रकाशन सहायकको रूपमा काम गरिरहेका छन्। रिसर्च एसिस्टेन्ट, रिसर्च इथिक्स शाखा तथा पब्लिकेसन शाखामा कार्यअनुभव प्राप्त गरेका पौडेलका अन्तराष्ट्रिय जर्नलमा ४ वटा बैज्ञानिक लेख प्रकाशित भईसकेका छन्।त्यसैगरी स्वास्थ्य अनुसन्धान पत्रकारिता पुरस्कार नागरिक दैनिकमा कार्यरत स्वास्थ्य पत्रकार पबित्रा सुनारले पाएकी छन्। दुइ दशकदेखि पत्रकारितामा सक्रिय सुनार डेढ दशकदेखि स्वास्थ्य पत्रकारिता सक्रिय छिन्।गोपाल प्रसाद आचार्य स्वास्थ्य अनुसन्धान पुरस्कारबाट विराट मेडिकल कलेजका विद्यार्थी डा सजन अहमद खानले पाएका छन्। यो पुरस्कार २५ वर्ष भन्दा कमका युवा अनुसन्धानकर्तालाई प्रदान गरिन्छ।त्यसैगरी वेस्ट रिसर्च पेपर अवार्ड-२०२४(ओरल) तर्फ सुस्मिता नेपाल पुरस्कृत भइकी छन् भने वेस्ट रिसर्च पेपर अवार्ड-२०२४(पोस्टर) तर्फ तृष्णा राईले पाएकी छन्।एनएचआरसी वेस्ट प्रफर्मर अवार्डबाट इनएचआरसीका एडमिन अफिसर सरस्वती प्रसाद भट्टराईले पाएका छन् भने एनएचआरसी वेस्ट सेक्सन अवार्ड-२०२४ बाट हेल्थ रिसर्च सेक्सनले पाएको छ।एनएचआरसी दीर्घ सेवा पदकबाट २५ वर्ष भन्दा बढीकाम गरेका असिस्टेन्स अकाउन्ट अफिसर पोकलाल घिसिङ र सवारी चालक लाल बहादुर घिसिङले पाएका छन्। ११औं शिखर सम्मेलनको मुल नारा ‘स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समतामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली’ रहेको र सम्मेलनमा ८७ वटा मौखिक प्रस्तुतिकरण १ सय १५ वटा पोस्टर प्रस्तुति गरिएको परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले जानकारी दिए।अवार्ड सेलेक्सन कमिटी एनएचआरसीका उपाध्यक्ष डा अजित रायमाझीको संयोजकत्वमा डा गणेश दंगाल र डा मेघराज बन्जरा सदस्य रहेका थिए भने कमिटिको सद्सय सचिवमा एनएचआरसीको इथिकल रिभ्यु बोर्ड सेक्सनकी नमिता घिमिरे रहेकी थिइन्।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट