काठमाडौँ – नेपाल प्रहरीका १७औं महानिरीक्षक प्रदीपशमशेर जबराको निधन भएको छ । केही समययता गम्भीर बिरामी रहेका जबराको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको हो ।

उनका छोरा दिपशमशेरका अनुसार आइतबार बिहान ११ बजे पशुपतिमा जबराको अन्तिम संस्कार गरिने छ । जबरा २०५७ असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षकमा कार्यरत थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
