२०८२ बैशाख १ सोमबार
२०८२ बैशाख १ सोमबार

यु–१९ विश्वकप एसिया छनोटमा नेपालले युएईविरूद्ध खेल्दै 

काठमाडौं –आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज युएई संग खेल्दैछ । खेल आइतबार (आज) देखि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुनेछ । जसमा उद्घाटन खेलमा नेपालले युएईसँग खेल्न लागेको हो ।

तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल बिहान ९ बजे सुरू हुनेछ । सन् २०१९ यता नेपाल र युएईबीच तीन खेल भएको छ । तीनै खेलमा नेपाल विजयी भएको छ । 

Ncell 2
Ncell 2

छनोट प्रतियोगितामा नेपाल,ओमान, हङहङ र अफगानिस्तान छन् । आजै अफगानिस्तान र ओमानबीच माथिल्लो मुलपानी मैदानमा खेल हुनेछ । 

shivam cement
shivam cement

नेपाली टोली नरेन्द्र भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपिनप्रसाद शर्मा टोलीमा छन् । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो ।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट