२०८१ चैत्र ३१ आईतवार
२०८१ चैत्र ३१ आईतवार

हनुमानलाई ३१ किलोको लड्डु

नवलपुर (नवलपरासी)। हनुमान जयन्तीको अवसर पारेर आज यहाँको हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको हो।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइरालासहित मन्दिर व्यवस्थापन समिति तथा भक्तजनले संयुक्त रूपमा महावली हनुमानलाई ३१ किलोको लड्डु अर्पण गरेका हुन्।

लड्डु हनुमानको प्रिय भोजन भएकाले घिउमा निर्माण गरे अर्पण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जन्मजयन्तीका अवसरमा आज मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको यो मन्दिरमा पूजाआजा गर्नका लागि जिल्लावासीसहित छिमेकी जिल्ला चितवन, तनहुँबाट पनि भक्तजन आएका छन्। चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र संकटबाट मुक्ति पाइने जनविश्वास रहिआएको समितिका अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिए। हनुमान जयन्तीको अवसरमा मन्दिर परिसरमा पूजाआजासहित भजनकीर्तन भइरहेको उनले बताए।

हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको त्रास र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता रहेको मन्दिरका पूजारी विनय अधिकारीले बताए। ‘हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ। सिन्दुरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ’, उनले भने।

मंगलबार र शनिबार हनुमानको विशेष पूजाआराधना गरिएकामा यस वर्ष हनुमान जयन्ती आज शनिबार परेकाले पनि विशेष मानिएको पूजारी अधिकारीले बताए। गैँडाकोटमा निर्माण भएको हनुमान मन्दिर नेपालको पहिलो कलात्मक मन्दिर भएको बताउँदै उनले रु तीन करोड लागतमा ४२ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइको रहेको जानकारी दिए। उनका अनुसार विभिन्न चन्दादाताको सहयोगमा मन्दिर परिसरमा एक सय जनासम्म अट्ने धर्मशाला निर्माण भइरहेको छ।

हनुमानको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका ‘मार्बलरेलिङ’, मार्बलका आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत् व्यवस्थापन, रङ्गरोगनले यस मन्दिरको आकर्षण बढाएको अध्यक्ष सापकोटाले बताए।


सामाग्री श्रोत :

हनुमानलाई ३१ किलोको लड्डु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट