२०८१ चैत्र ३१ आईतवार
२०८१ चैत्र ३१ आईतवार

आफुलाई नयाँ भन्नेहरुको असली अनुहार चैत १५ गते देखिइसकेको छ – प्रधानमन्त्री ओली

झापा – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ भइरहेको हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।

झापाको दमकमा नेकपा एमालेले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उनले नयाँका नाममा आएकाहरु कोही सहकारी ठग, कोही साहुमारा भएको टिप्पणी गरे । उनले नयाँ राजनीतिक दल र राजसंस्थाको पक्षमा भइरहेका गतिविधिलाई लक्षित गर्दै यस्तो बताएका हुन् । 

Ncell 2
Ncell 2

‘यस्ताको पछि लागेर हुँदैन । उनीहरुको असली अनुहार चैत १५ गते देखिइसकेको छ ।’ उनले भने । प्रधानमन्त्री ओलीले नयाँको हालत देखिएको र उनीहरुको पछाडि लाग्न नहुने बताए । देश अहिले अस्थिरताबाट हटेर स्थिरतातर्फ लम्किएको उनको भनाइ छ ।

shivam cement
shivam cement

उनले भने, ‘अब सरकार स्थिर छ । नयाँ नयाँ योजना र कार्यक्रम लिएर आउँछ । अब रोकिएका आयोजनाहरु अगाडि बढ्छन् । देशमा, यस जिल्लामा र नगरमा नयाँ नयाँ योजना आउनेछन् । त्यहीअनुसारको बजेट आउनेछ ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट