काठमाडौँ । एक्सेसरिज ब्रान्ड म्याकडोडोले नेपाली बजारमा पाँच नयाँ उत्पादन सार्वजनिक गरेको छ । नेपाली उपभोक्तालाई लक्षित गर्दै कम्पनीले स्मार्ट चार्जर, पोर्टेबल फास्ट चार्जर, इयरबड्स, हेडफोन र वायरलेस स्पिकर भित्र्याएको हो ।

‘CH-4110’ मोडेलको स्मार्ट चार्जरमा लचिलो केवल भएकाले सजिलै फोन चार्ज गर्न सकिने कम्पनीको भनाइ छ । फोन छिटो र सुरक्षित तरिकाले चार्ज गर्न यसमा ‘GaN’ टेक्नोलोजी प्रयोग गरिएको छ । यसको मूल्य ६,१०० रुपैयाँ रहेको छ ।
त्यस्तै, ‘CH-4020/4021’ मोडलको पोर्टेबल फास्ट चार्जर २० वाटको फास्ट चार्जिङ टेक्नोलोजीसहित उपलब्ध छ । यसले आईफोन ८ देखि १४ सिरिजसम्मका फोनलाई चार गुणासम्म छिटो चार्ज गर्ने बताइएको छ । सेतो र कालो गरी दुई रङमा उपलब्ध यो चार्जरको मूल्य २,१०० रुपैयाँ रहेको छ ।
कम्पनीले ‘HP-4490’ मोडलको स्लिप मोड इयरबड्स पनि सार्वजनिक गरेको छ । अल्ट्रा-थिन डिजाइनमा उपलब्ध यो इयरबड्स निदाउँदा पनि लगाउन मिल्ने गरी डिजाइन गरिएको छ । यसमा ६ घण्टाको प्लेब्याक टाइम रहेको छ भने चार्जिङ केसको प्लेब्याक टाइम २१ घण्टा रहेको छ । १२ महिनाको वारेन्टी रहेको यो इयरबड्सको मूल्य ३,४०० रुपैयाँ रहेको छ ।

म्याकडोडोको ‘HP-1440’ मोडलको हेडफोनमा एक्टिभ न्वाइज क्यानसिलेसन टेक्नोलोजी रहेको छ । यसले उत्कृष्ट म्युजिक वा गेमिङको अनुभव दिने कम्पनीको दाबी छ । यसमा ६० देखि ७० घण्टासम्मको ब्याट्री लाइफ रहेको छ भने एक्टिभ न्वाइज क्यानसीलेशन मोडमा ३० देखि ३५ घण्टासम्म चल्छ । वायरलेस कनेक्टिभिटीका लागि ब्लुटुथ ५.३ रहेको यो हेडफोनमा वायर्ड अप्सन पनि उपलब्ध छ । एलईडी डिस्प्ले, भोल्युम कन्ट्रोल र आईपीएक्स थ्री वाटरप्रुफ स्ट्यान्डर्ड रहेको यो हेडफोनको मूल्य ६,५०० रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीले ‘BS-1410’ मोडलको पोर्टेबल वायरलेस स्पिकर पनि सार्वजनिक गरेको छ । आईपीएक्स फोर वाटरप्रुफ, ह्याङ्गिङ स्ट्याप, डायाफाम, डुअल ५ वाट स्पिकर, ५.१ ब्लुटुथ, १२०० एमएएच लगायतका विशेषताहरु रहेको यो स्पिकरको मूल्य रु ५४०० रहेको छ ।
कम्पनीले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै वैशाख १ गतेदेखि १० गतेसम्म यी पाँच ओटै नयाँ उत्पादनमा १०% छुट दिने घोषणा गरेको छ । यी उत्पादन देशभरका खुद्रा विक्रेता पसल, अनलाइन मार्केटप्लेस दराज र खल्ती एपबाट खरिद गर्न सकिनेछ ।
नेपालका लागि म्याकडोडोको आधिकारिक विक्रेता एडुटेक इन्टरनेसनल प्रा.लि. रहेको छ ।
पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ २२:०
सामाग्री श्रोत :
टेक पाना