२०८१ चैत्र ३१ आईतवार
२०८१ चैत्र ३१ आईतवार

कर नीतिमा ट्रम्पको युटर्न, आईफोन महँगिने डर हट्यो

काठमाडौँ । अमेरिकाले चीनबाट आयातित स्मार्टफोन र कम्प्युटरमाथि लगाएको अतिरिक्त कर हटेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि लगाइएको १२५ प्रतिशतसम्मको अतिरिक्त करबाट स्मार्टफोन, कम्प्युटर सहितका उपकरणलाई छुट दिएको हो ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले शुक्रबार एक सूचना जारी गर्दै यी सामानहरूलाई विश्वका अधिकांश देशहरूमा लगाएको १० प्रतिशत कर र चिनियाँ सामानमाथि लगाएको थप करबाट छुट दिने घोषणा गरेको छ ।

ट्रम्प प्रशासनको यस कदमले अमेरिकी प्रविधि कम्पनीहरूले चीनमा निर्मित सामानमा करका कारण ग्याजेटको मूल्य आकासिने डर हटेको छ । छुट पाएका सामानमा स्मार्टफोन, कम्प्युटरसहित अन्य इलेक्ट्रोनिक उपकरण, सेमिकन्डक्टर, सोलार सेल, मेमोरी कार्डलगायत परेका छन् । यी छुटहरू गएको ५ अप्रिलदेखि लागु हुने ​बीबीसीले जनाएको छ ।

विश्लेषकहरूका अनुसार यदि करको मूल्य उपभोक्तामाथि सरेको भए अमेरिकामा आईफोन र अन्य ग्याजेटको मूल्य तीन गुणासम्म महँगो हुने खतरा थियो । विश्लेषक ड्यान आइभ्सले यो निर्णयलाई अमेरिकी प्रविधि कम्पनीहरूका लागि तत्कालका लागि ठुलो राहत भनेका छन् ।

यसअघि एप्पलले भारतबाट १५ लाख आईफोन अमेरिकामा ढुवानी गरेको थियो । ट्रम्पको यो निर्णयले अमेरिकी बजारमा इलेक्ट्रोनिक उपकरणको मूल्य नियन्त्रणमा रहने अपेक्षा गरिएको छ ।

एप्पलले आफ्ना अधिकांश आईफोन चीनमै उत्पादन गर्दै आएको र हाल भारत र भियतनामलाई नयाँ उत्पादन केन्द्र बनाउने तयारी गरिरहेको छ । ट्रम्प प्रशासनले अन्य देशहरूलाई ९० दिनका लागि उच्च करबाट छुट दिएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ २३:४०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट