२०८१ चैत्र ३१ आईतवार
२०८१ चैत्र ३१ आईतवार

एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा

काठमाडौ। ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा पुगेको छ। दशरथ रंगशालामा आज भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले परासिजत गर्दै ललितपुर प्रतियोगिताको प्लेअफमा पुगेको हो।

आजको खेलकोे २३औँ मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङले पहिलो गोल गरे भने खेलकोे ८८औँ मिनेटमा सन्तोष खत्रीले दोस्रो गोल गरे। आजको जितसँगै पाँच खेलबाट ११ अङ्क बटुल्दै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जारी प्रतियोगितामा ललितपुरले तीन खेलमा जित र दुई खेल बराबरी खेलेको हो। ललितपुर साबिक विजेता टोली हो।

लगातारको चौथो हारपछि बुटवल लुम्बिनी एफसी प्लेअफको होडबाट बाहिरिएको छ। जारी प्रतियोगितामा पाँच खेल खेलेको बुटवलले पहिलो खेल बराबरी खेल्दा बाँकी चार खेलमा हार बेहोर्नुपर्‍यो। बुटवल तालिकाको पुछारमा छ।


सामाग्री श्रोत :

एनएसएल फुटबल: बुटवल लुम्बिनीमाथि जित निकाल्दै ललितपुर ‘प्लेअफ’मा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट