२०८१ चैत्र ३१ आईतवार
२०८१ चैत्र ३१ आईतवार

सरकारले उपलब्ध गराउने निःशुल्क स्वास्थ्य सेवा सम्बन्धी सम्पूर्ण विवरण अब वेबसाइटमै हेर्न सकिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सम्पूर्ण विवरण आफ्नो वेबसाइ सार्वजनिक गरेको छ । मन्त्रालयले नयाँ डिजाइन गरिएको वेबसाइटमा निःशुल्क सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, सेवा प्राप्त गर्ने स्थान र आवश्यक कागजातको विस्तृत जानकारी उपलब्ध गराएको हो ।

सरकारले आधारभूत उपचार सेवाका साथै मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र जलन उपचार जस्ता जटिल रोगहरूको उपचार निःशुल्क उपलब्ध गराइरहेको छ । यी सेवाहरू प्राप्त गर्न आवश्यक कागजात र सेवा उपलब्ध हुने स्थानको जानकारी वेबसाइटमा राखिएको मन्त्रालयले जनाएको छ ।

“नागरिकले प्राप्त गर्ने उपचार सेवा सबैको पहुँच र जानकारीमा होस् भन्ने हाम्रो चाहना हो,” स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने, “सूचनाको अभावमा कसैलाई कठिनाइ नहोस् भनेर विवरण सबैले प्राप्त गर्न सहज हुनेगरी वेबसाइटमा सार्वजनिक गरेका छौं ।”

यसअघि मन्त्री पौडेलले संघीय अस्पताल तथा मेडिकल कलेजहरूलाई सेवा शुल्क सम्बन्धी विवरण वेबसाइट र अस्पतालमा सबैले देख्ने गरी राख्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार अधिकांश अस्पतालहरूले यस्तो विवरण वेबसाइटमा राखेका छन् ।

पछिल्लो अध्यावधिक: चैत ३०, २०८१ २१:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट